Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लुम्बिनी प्रदेश : बाढी पहिरोले तराई जिल्लाका बस्ती डुबानमा, पहाडी जिल्लामा सडक अवरुद्ध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

असिम कामु मगर
बुटवल । तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ ।

रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको छ । उक्त राजमार्गमा अझैसम्म यातायात सञ्चालनमा आउन सकेको छैन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर विकले सिद्धार्थ राजमार्ग र पहाडी जिल्ला सदरमुकाम जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध भएको बताए । वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

वर्षाका कारण पाल्पा–रिडी, पाल्पा–राम्दी, पाल्पा–आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै, गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सन्धिखर्क–३, फुदबाङमा पहिरो गएको छ । प्युठान–भालुवाङ सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । गुल्मी–रिडी–तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध छ ।

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ११ घर विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले तिनाउको बाढी बस्तीमै पसेपछि बुटवल–११ पवित्रानगरका ११ परिवारलाई अन्यत्र सारिएको बताए ।

पाल्पाको तिनाउ गाउँपालिकामा पनि केही परिवार विस्थापित हुन पुगेको स्थानीय विष्णु पाण्डेले बताए । उता, दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्धार गरिएको छ । मंगलबारदेखि फसेका उनीहरुलाई विपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले बुधबार उद्धार गरेको हो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.