Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गृहमन्त्रालयले डिआईजीको सरुवा सिफारीस, सीआईबीमा आचार्य, कुन प्रदेशमा को ? (नामसहित)

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवाको तयारी गरेको छ । खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएको एकहप्तामै डिआईजीको सरुवा गर्न लागेको हो ।

डिआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्छ ।हामीलाई प्राप्त सूचनाअनुसार प्रहरी प्रधान कार्यालय नक्सालले सरुवा सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिआईजी सहकुल बहादुर थापाको लुम्बिनी प्रदेशमा गरेको छ ।

यस्तै सीआईबीमा मुकुन्द आचार्यको नाम सिफारिस भएको छ । यसअघि सीआईबीको लागि तीन डिआईजीको नाम चर्चामा थियो, उत्तम सुवेदी, धीरज प्रताप सिंह र रवीन्द्र धानुक थियो ।

तर, गृहमन्त्री अधिकारीले एकपटक पनि इन्चार्ज नपाएको व्यक्तिलाई सीआईबी पठाउने अडान लिएपछि आचार्यको नाम फाइनल भएको हो । त्यस्तै लुम्बिनी प्रदेशका डिआईजी रवीन्द्र धानुकको विशेष ब्यूरोको लागि नाम सिफारिस भएको छ ।

विशेष ब्यूरोको लागि २ नम्बर प्रदेशका डिआईजी धीरज प्रताप सिंहले पनि दावी गरिरेहको अवस्था छ । सिफारिस गरिए अनुसार तलमाथि केही नभए धानुकको ब्यूरोमा नै सरुवा पक्का छ । यस्तै सिफारिसमा धीरज प्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा नै सरुवा भएको छ ।

२ नम्बर प्रदेशमा डिआईजी दिवेश लोहनीको नाम सिफारिस भएको छ । यसअघि लोहनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । त्यस्तै १ नम्बरका डिआईजी ईश्वरबाबु कार्की, बागमती प्रदेशका बसन्तकुमार लामा, गण्डकी प्रदेशका घनश्याम अर्याल, कर्णाली प्रदेशका बसन्त पन्त र सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदीको पनि सरुवा भएको छ ।

सरुवा सिफारिसअनुसार १ नम्बर प्रदेशमा अरुण विसी, बागमति प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देब बहादुर बोहोराको सरुवा भएको छ । यसअघि अरुण बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत थिए ।

कर्णाली प्रदेशका डिआईजी पन्तको अख्तियारमा सरुवा सिफारिस भएको छ । त्यस्तै सूदुरुपश्चिम प्रदेशका उत्तम सुवेदीको साइबर ब्यूरोमा सरुवा सिफारिस भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सातवटै प्रदेश, सिआईबी, अख्तियारका कार्यरत डिआईजीहरुको एक बर्ष अवधि पुगेपनि लामो समयदेखि सरुवा हुन सकिरहेको थिएन ।

गृह मन्त्रालयले गत वैशाखमै सरुवा गर्ने तयारीमा भएपनि प्रहरी प्रधान कार्यालयकै कारण सरुवामा बिलम्ब भएको थियो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.