Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पर्साकाे कालिकामाई गापाकाे विभिन्न ठाउँको सडक हिलाे मै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

रंजित चौरसिया
वीरगंज २ असार । पर्साकाे कालिकामाई गाउँपालिकाकाे विभिन्न ठाउँमा सडक मर्मत अभावमा खराब भएर हिलाे मै भएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ५ मा पर्ने बलुवा गाउँकाे सडक मर्मत अभावमा जिर्ण भएकाे कारण हिलाे भएकाे स्थानियहरुले वताएका छन् । बलुवास्थित शम्भु पासवानकाे घरदेखी महिन्द्र पासवानकाे घर सम्म र अर्काे बाटाे शम्भु पासवानकाे घरदेखी साहेब पासवानकाे घर सम्म बाटाे बिग्रेर हिलाे मै भएकाे हाे ।

बाटाे हिलाे मै भएका कारण आवतजावत गर्न समेत समस्या भएकाे स्थानिय आनन्द कुमारले वताए । ३ महिनादेखी बिग्रेकाे सडक मर्मतकाे लागि वडाध्यक्ष पवन तिवारीसंग बारम्बार भन्दा पनि बाटाे मर्मत हुन नसकेकाे उनले गुनासाे गरे ।

वडा नं. ५ मा पर्ने बलुवा टाेलमा बढी दलित समुदायकाे बसाेबार भएका कारण जनप्रतिनिधिहरुकाे ध्यान पुग्न नसकेकाे स्थानियहरुकाे गुनासाे छ । यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ काे विभिन्न ठाउँमा बाटाे हिलाे मै भएकाे स्थानियहरुले वताएका छन् । स्थानियहरुका अनुसार भेडिहारीकाे उत्तर टाेल, दक्षिण टाेल र सानाे गदियानीमा बाटाे खराब भएकाे छ ।

आर्थिक मसान्तकाे अन्तिममा मनसुन सक्रिए भएपछि नालाकाे निर्माणकाे काम भएपछि पानीकाे निकास नभएर बाटाे हिलाे मै भएकाे हाे । सानाे गदियानीमा थाेरै पानी परे पनि बाटाेमा हिलाे हुने गरेकाे छ । खाेला सफाईमा ४० लाख खर्च

गाउँपालिकाले जिर्ण भएकाे बाटाे मर्मत गर्न नसके पनि खाेला सफाईमा ४० लाख खर्च गरेकाे छ ।

आर्थिक बर्ष २०७७/०७८ काे याेजना अन्तर्गत उपभाेक्ता समिति मार्फत भएकाे खाेला सफाईमा ४० लाख खर्च भएकाे गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल कुमार राैनियारले वताए ।

माेटाे रकम कमाउनकाे लागि विना कामकाे नदी सफाई गाउँपालिकाले गराएकाे स्थानियहरुले वताएका छन् । जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले बढी कमिशन आउने भएपछि नदी सफाई गराएकाे स्थानियहरुकाे आराेप छ । यस्तै, गाउँपालिकाबाट भएकाे माटाेपुरी ग्रेबलकाे याेजनामा पनि अनियमितता भएकाे स्थानियहरुले वताएका छन् । गाउँपालिकाकाे वडा नं. २ ठुलाे गदियानीकाे मुखिया जिकाे पाेखरीदेखी सानाे गदियानी सम्म र वडा नं. २ भेडिहारीदेखी वडा नं. ४ काे बलुवा सम्म भएकाे माटाे पुरी ग्रेबलकाे याेजनामा अनियमितता भएकाे स्थानियहरुले आराेप लगाएका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.