Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कालीगण्डकीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी बजार कटानको उच्च जोखिममा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ३, २०७८ मा प्रकाशित
असिम कामु मगर
म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो ।

क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले भने “दुई ठाउँमा करिब ३० मिटर तटबन्ध भत्काएर बजारतर्फ कटान शुरु गरेको छ”, “तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।” रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ ।

तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । तीसभन्दा बढी सरकारी कार्यालयका भवन छन् ।

गत शनिबार कुरीलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मङ्गलाघाटमा रहेको वन डिभिजन, भू–संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका सातवटा भवनसँगै नर्सरीमा क्षति पुर्याएको थियो ।

जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कलाई बगरमा परिणत गरेको छ । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएर बगर बनेको स्थानीयवासी रुद्र सुवेदीले बताउनुभयो । माथिल्लो क्षेत्रमा पहिरो जाँदा मुख्य नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको हो ।

पहिरोले पाइपलाइनमा क्षति पुर्याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ । बुधबार साँझदेखि म्याग्दीमा विद्युतसमेत अवरुद्ध भएको छ । बेनीदेखि ग्रामीण बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र प्रदेश राजधानी पोखरा जोड्ने सडक अवरुद्ध भएको छ ।

बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रविधि प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट पर्खालको प्रविधि अपनाएको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गरिँदै आएको थियो ।

परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावियन पर्खाल लगाउने कम्पोजिट वालको प्रविधि सफल भएको बताए । “कम्पोजिट प्रविधिको पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पुर्याएको छैन”, उनले भने, “आगामी वर्षको योजनामा पनि कम्पोजिट पर्खाल बनाउने डिजाइनका लागि प्रस्ताव गरेका छौँ ।”

यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा १०० मिटरभन्दा बढी कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । डिपिआरमा आरसिसी, मेसिनरी र ग्यावियन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ । खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको छ ।

मङ्गलाघाटतर्फ आरसिसी पर्खालमाथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावियन पर्खाल लगाइएको छ । कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पुर्याएको छैन । अस्थायी प्रकृतिको ग्यावियन र पक्की आरसिसी पर्खाल दुवैले बाढी थेग्न नसकेपछि विकल्पमा कम्पोजिट पर्खाललाई प्राथमिकता दिइएको परियोजनाले जनाएको छ ।

विस्थापित एक सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

केही दिनयताको निरन्तरको वर्षापछि म्याग्दीका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानबाट प्रभावित १०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको विवरणमा समावेश नभएकासहित जिल्लाभर विस्थापित हुनेको परिवार सङ्ख्या १०० भन्दा बढी छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जिल्लाका सबै स्थानीय तह मनसुनजन्य प्रकोपबाट प्रभावित भएको र सडक यातायात ठप्प बनेको बताउनुभयो । प्रहरीका अनुसार बेनी नगरपालिकाको बगरफाँट, सिंगा तातोपानी र घतानमा ४६ घरका १७९ जना विस्थापित भएका छन् ।

मङ्गला गाउँपालिकाको हाँडेभिरको एक घरका पाँच, मालिका गाउँपालिकाको वडा नं १, ४ र ६ को २० घरका ८५, अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का १० घरको ४२ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं २ र ४ को आठ घरका ३० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यसैगरी रघुगङ्गा–८ का वडाध्यक्ष गमान छन्त्यालले चौरखानी गाउँका ३५ घरपरिवार विस्थापित भएको र घ्यासीखर्कमा रहेको स्वास्थ्य चौकी रघुगङ्गा नदीको कटानको जोखिममा परेको बताए ।

यसैगरी धवलागिरि गाउँपालिकाको खोरियामा सडकबाट आएको बाढीले १४ घर विस्थापित भएका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–२ मा नौ घर बाढी पहिरोले बगाएको र २० घर परिवार विस्थापित भएको वडासदस्य समबहादुर विकले बताए ।

भौगोलिक विकटताका सार्थ सडक र सञ्चार अवरुद्ध भएकाले खोरिया, रुम र कुइनेमङ्गलेमा प्रहरी पुगिसकेको छैन । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी जोखिमयुक्त बस्तीका मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खटिएका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.