Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दामाथी दक्षिणी भेगमा ४० भन्दा बढी गाउँ जोखिममा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ३, २०७८ मा प्रकाशित

असिम कामु मगर
परासी । गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछी पश्चिम नवलपरासीका दक्षिणी गाउँ जोखिममा परेका छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ। पानीको सतह बढेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ।

ब्यारेजको क्षमता ८ लाख क्युसेकको हो। तर जीर्ण भएका कारण अहिले ब्यारेजले ५ लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए। ४ लाखभन्दा बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ। बुधबार अबेरसम्म ब्यारेजमा ४ लाख १२ हजार क्युसेक पानी रहेको थियो।

पानीको सतह बढ्दै गएपछि ब्यारेजको ‘बि ग्याँब बाँध’ फुट्ने खतरामा पुगेको छ। बाँध फुटेमा दक्षिण भेगका प्रतापपुर, सुस्ता र पाल्हीनन्दनका करिब ४० भन्दा बढी गाउँ डुबानमा पर्ने भूआर्जन कार्यालयले जनाएको छ।

यसैबीच, पानीको सतह खतरामाथि गएपछि जिल्ला प्रशासन कार्यालयले सजगता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। सम्भावित जोखिममा पर्ने स्थानीयको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरूलाई सामग्रीसहित तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।

‘बाढीले क्षति पुर्‍याउन लागेको खबर पाउनासाथ १० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको छ। उनीहरू आवश्यक सामग्रीसहित उक्त स्थानमा जानेछन् र उद्धारमा खटिनेछन्’, भनी प्रजिअ मिश्रले जानकारी दिए ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.