असिम कामु मगर
पाल्पा । तिन दिनपछि पाल्पा बुटवलको सडक सुचारु भएको छ । गएको मंगलबार देखि अवरुद्ध भएको बाटो बिहिवार दिउँसो पौन ३ बजेपछि मात्रै सुचारु भएको हो ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवलको सडकका दर्जनौ स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । पहिरोले बाटो बगाएपछि नियमित रुपमा बाटो संचालनमा ल्याउन समस्या भएको थियो ।
















