Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जसपा उपेन्द्र पक्षको बैठक निर्णय : ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ३, २०७८ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव, चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

उपेन्द्र पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको थियो । उपेन्द्र यादब डा. बाबुराम भट्टराई पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन् । महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ ।

ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन् । आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ।

उपेन्द्र यादब र डा.बाबुराम पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बाढी पहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह समेत गरेको छ । पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका उपेन्द्र र बाबुराम पक्षको बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन् ।

महन्थ ठाकुर पक्षले विज्ञप्ती जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन् । ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन सदस्य र पदाधिकारीलाई आह्वान गरेका थिए।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.