Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

करोडौँ खोप ल्याउने ओलीको भाषण मात्रै : ज्ञवालीले ‘ब्रेक थ्रु’ भन्दै जनता ढाँटे

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित

काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए। दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन।

कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्। ‘अहिलेसम्म कुनै देशबाट खोप आइहाल्ने हामीलाई जानकारी छैन,’ कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा. श्यामराज उपे्रतीले भने। दुई साताअघि पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट थप ५० लाख भेरोसेलको खोप र अमेरिकाबाट थप ५० लाख खोप अष्ट्राजेनिका या भेरोसेलको खोप दिने बताएका थिए।

उनले जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चको बैठकमा दशदिन भित्र सम्बन्धित देशहरूले खोप दिने बारेमा केही न केही जानकारी दिने बताएका थिए। मन्त्री ज्ञवालीले भनेका थिए, ‘हप्ता, दस दिनभित्रमा बे्रक थु्र हुन्छ।’ ज्ञवालीले अमेरिका र चीनकाहेक अन्य देशहरूसंग खोप ल्याउनको लागि कूटनीतिक पहल भइरहेको बताएका थिए।

अमेरिकामा कानुनी प्रक्रिया पारेपछि भण्डारणमा रहेको अष्ट्रजेनिकाको खोप दिने बढी सम्भावना रहेको पनि बताएका थिए। पाँच दिनअघि परिवार कल्याण महाशाखाले अर्को साताभित्र कोभाक्सले खोप दिने जानकारी गराएको जनाएको थियो। तर कति संख्यामा दिने भन्ने कुरा भने यकिन थिएन।

प्रधानमन्त्री कार्यालय केही अन्य मन्त्रालयका अधिकारीहरूबाट पनि बेलाबखत विभिन्न देशबाट यति खोप आउने भनी सामाजिक सञ्जालमा पोष्ट भइरहेको देखिन्छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले भने खोप लिनको लागि खोप उत्पादन गरिरहेका देशहरूसँग दैनिकजसो नै छलफल गरी प्रयास भइरहेको बताए।

‘सबै सकारात्मक छन् तर कहिले कति खोप दिने भन्नेबारेमा निश्चित भएको छैन,’ मन्त्री तामाङले नागरिकसँग भने। मन्त्री तामाङले भने, ‘आज पश्चिमा देशहरूसँग खोपकै बारेमा छलफल भएको हो।’ सरकारी मन्त्रालयले भने अनुसार अहिल्यै कतैबाट खोप आउने संकेत नभएको कोभिड १९ विरुद्धको खोप व्यवस्थापन समितिका संयोजक डा. श्यामराज उपे्रतीले बताए।

कोभाक्सले नेपालको लागि निःशुल्क दिने भनेको थप ३ लाख ४८ हजार डोज पनि जुलाइमा मात्र आउने सम्भावना रहेको बताए। कोभाक्सले दिने त्यो खोपले नेपालको बाँकी रहेको जनसंख्याको लागि अत्यन्त कम डोज हो। डा. उपे्रतीका अनुसार गत माघदेखि यता नेपालमा १८ लाख भारतबाट कोभिडसिल्डको खोप आइपुगेको छ। त्योमध्येमा ८ लाख भारत सरकारको अनुदानमा र १० लाख नेपालले खरिद गरेको खोप हो।

त्यसैगरी माघमै कोभ्याक्सले ३ लाख ४८ हजार डोज खोप उपलब्ध गराएको थियो। चीनले चैतमा ८ लाख र जेठमा १० लाख गरी ४१ लाख ४८ हजार डोज खोप नेपालमा आइपुगेको छ। बाँकी खोप दिनेबारेमा अहिलेसम्म कुनै पनि देशले सम्झौता नगरिसकेकोले खोप कहिले आइपुग्छ भन्ने विषयमा यकिन नभएको डा. उप्रेतीले बताएको नागरिकमा समाचार छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.