Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिन्धुपाल्चोक दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित
काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेका हुन् ।घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ ।

डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ ।

नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुईरतीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए । दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ । डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् ।

त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अरु ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव थप बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए ।

नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए । समितिले बिहीबार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँ÷नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ ।

बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुङ्गा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ । त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निर्णय गरेको छ । रासस

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.