घोराही । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिका ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्द लाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको हो ।

चौधरीलाई श्रीमती हत्या पश्चात् दाङ प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताएको छ ।
















