Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अन्तरजातीय विवाह गरेकै कारण छोरालाई बावुको अन्त्येष्टि गर्न दिइएन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित
ओखलढुंगा । अन्तरजातीय विवाह गरेको आरोपमा चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टिमा दुई छोराहरुलाई सहभागी हुन रोक लगाइएको छ । ७० वर्षीय तामाङको गत जेठ २९ मा घरमै निधन भएको थियो । उनका चार भाइ छोराहरु छन् ।

त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपलाई अन्र्तजातीय बिहे गरेको कारण देखाएर बुवाको अन्त्येष्टिमा सहभागी हुन समाजले रोक लगाएको छ । उक्त कामको नेतृत्व वडाअध्यक्षले गरेका छन् ।वडाअध्यक्षले समुदायलाई उकासेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ ।

बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो । ‘यदि तिमी र तिम्रो भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौं भनेर रोकियो, ‘शंकरले भने, ‘त्यसपछि आमा रुनुभयो र तिमीहरु फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौं ।’

उनीहरु फर्किएपछि जेठो यामबहादुर र साइलो तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् । शुक्रबार घरमा बुवाको काजकिरिया भइरहेको छ । तर माइलो र कान्छो काठमाडौंमै छन् । अन्त्येष्टिका मुख्य पूजारी लामाले क्रियापुत्रीको रुपमा सहभागी भएपनि होउ भने । तर वडाअध्यक्षको नेतृत्वको गाउँलेले नदिएको उनीहरुको आरोप छ ।

‘तिमीहरु कानुनीरुपले जहाँ गए पनि जाउ । अन्तिममा मिल्ने समाजमै हो । देशको कानुन र समाजको कानुन फरक हुन्छ भनेर वडा अध्यक्षले थर्काए’ शंकरले भने ।शंकरले क्षत्री थरकी बिहे गरेका हुन भने कान्छा भाइ प्रदिपले दलित समुदायकी केटीसँग बिहे गरेका थिए । । यस गाउँमा जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन । सोही गाउँका राजु तामाङले दुईवर्ष अघि हजुरबुवा बित्दा आफूलाई अन्र्तजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए । वडाअध्यक्ष बलबहादुर तामाङ भने यो आरोप सरासर झुटो भएको दावी गरे ।

‘उनीहरु दाजुभाइमै कुरा भएपछि आफैले हामी छुँदैनौँ भनेर हिँडेका हुन्, ’ वडाअध्यक्षले भने, ‘मेरो कुनै भूमिका छैन ।’ तर उनले मंगलबार भने संचारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकाले त्यही अनुसार उनीहरुलाई रोक लगाइएको गरिएको जवाफ दिएका थिए ।

जातीय विभेदको शिकार बनेका छोराहरु राजनीतिक रंग गाँसिएको बताउँछन् । राजनीतिक रुपले समर्थन नगर्ने भएकोले वडाअध्यक्षको भूमिका यस्तो हुनसक्ने अनुमान गरिएको छ । किनभने अघिल्लो वर्ष मात्रै वडाअध्यक्षको हजुरआमा बित्दा उनका काकाले नेवार थरकी केटी विवाह गरेको भए पनि काज किरियामा सहभागी गराइएको थियो ।

जिल्लास्थित दलित अधिकारकर्मी देशको कानुन एउटा र गाउँमा ठूलाठालुले चलाउने अर्को कानुन भएको बताउँछन् । यस्ता विभेदका घटनामा जनप्रतिनिधिले मलजल गर्ने अवस्था आउनु दु:खद भएको उनले बताए ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.