Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मेलम्चीका बाढीपीडितलाई बर्गर हाउसद्वारा ११ लाख बराबरको सामग्री सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित

असिम कामु मगर
काठमाडौ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरोका कारण पीडित बनेकाहरुलाई खाद्यान्न, लत्ता कपडा आदि सहयोग गर्ने क्रम सुरु भएको छ । यही क्रममा बर्गर हाउस टिमले काठमाडौंबाट मेलम्चीका बाढीपीडितलाई करिव ११ लाख बराबरको सहयोग सामाग्री पठाएको छ ।

अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेकाले टिमले खाद्यान्न सहयोग गरेको बर्गर हाउसटिमका अभियन्ताले बताए ।

‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक वसन्त लामाको संयोजनमा करिव ११ लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको लामाले जानकारी दिए ।

बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले फेसबुक पेजबाट सहयोग संकलन अभियान चलाएको र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिएको लामाले बताए ।

लामाको नेतृत्वमा ३०० बोरा चामल, ७० वटा ग्यास सिलिण्डर, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगायत विभिन्न खाद्यान्न सामग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड, पञ्जा आदि स्वास्थ्य सामाग्री संकलन गरेर मेलम्चीतर्फ लगिएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.