Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन आयोगको आग्रह

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढीपीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्थापनाका लागि जुट्न आयोगसम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, बाढी, पहिरो तथा डुबानबाट बर्सेनि सयौँ नागरिकले ज्यान गुमाउनु परिरहेको एवं हजारौँ परिवार घरबारविहीन हुनुपरिरहेको यथार्थलाई दृष्टिगत गरी विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन, प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन आग्रह गरिएको छ ।

गत आइतबारदेखि परिरहेको अविरल वर्षाका कारण बाढी, पहिरो एवं डुबानमा परी सिन्धुपाल्चोक, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासीलगायतका जिल्लामा आठ जनाको मृत्यु भएको, १८ जना बेपत्ता भएका, १२ व्यक्ति घाइते भएका एवं सयौँ परिवार घरबारविहीन भएका छन् भने ठूलो जनधनको क्षति भएको छ ।

आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीडितको अवस्था, राहत, उद्धार तथा स्वास्थ्य उपचारका सम्बन्धमा अनुगमन भइरहेको छ ।

आयोगले प्राकृतिक विपद्का कारण हाल भइरहेको धनजनको क्षति, पीडितको उद्धार एवं राहतको पूर्वतयारीलगायतका सम्बन्धमा सरकारबाट भइरहेका कार्यको जानकारी गराउन गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा मङ्गलबार बेलुका आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएको, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची बजार क्षेत्रका चार वटा पुल बगाउँदा यातायात सम्पर्क विच्छेद भएको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ ।

त्यसैगरी म्याग्दी, बागलुङ, पाल्पा, गोरखालगायतका जिल्लामा बाढी पहिरोका कारण यातायात अवरुद्ध भएको, पर्वत, लमजुङ, मनाङ, नवलपरासीलगायत जिल्लामा सयौँ परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेको आयोगलाई जानकारी प्राप्त भएको उल्लेख छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.