Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धमलाको पहलमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित

काठमाडौं, ४ असार । बेलायतस्थित् खाल्सा एड ईन्टरनेश्नलले नेपालको ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा उक्त संस्थाले नेपालमा १५० थना अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

पत्रकार धमलाले कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न पाउनु खुशीको कुरा भएको भन्दै सहयोग गर्ने संस्था खाल्सा एड ईन्टरनेश्नललाई धन्यवाद दिए । नेपालमा प्राकृतिक विपद् पर्दा पनि खाल्सा एडले निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै धमलाले अहिले कोरोना महामारीको बेलामा स्वास्थ्य सामाग्री सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

सोहीअनुसार हिजो धादिङको सल्यानटार स्वास्थ्य केन्द्रलाई ५ थान कन्सन्ट्रेटर प्रदान गरेको हो । कारीगाउँका दुई सय पचार घर परिवारलाई खाद्यान्न पनि सहयोग गरिएको छ । खाद्यान्नमा चामल, आलु, प्याज, दाल, नून, तेल रहेका छन् ।

यी स्वास्थ्य सामाग्री तथा खाद्यान्न ‘कन्ट्रिव्युसन फर नेपाल’ का सचिव रामप्रसाद बञ्जाराको उपस्थितिमा वितरण गरिएको थियो । बञ्जाराले आगामी दिनमा पनि यस्तोखाले सहयोगलाई निरन्तरता दिईने प्रतिबद्धता जनाए । खाल्सा एडका संस्थापक भने रवी सिंह हुन् । उनले नेपालमा २०७२ को महाभुकम्पमा पनि सहयोग गरेका थिए ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.