चन्दन पटेल
रौतहट । बौधीमाई नगरपालिकामा दिन्हु भईरहेको भ्रष्टचारका कारण सो नगरपालिकाका सर्वसाधारण जनताहरु दु:ख र पीडा खेप्दै आईरहेका छन ।
आर्थिक वर्षको चार वर्ष बिति सक्दा पनि नगरपालिकामा न त बिकास भएको छ न जनताहरुको लागि आएको भत्ताहरु समयमा वितरण भईरहेको छ। नगरपालिकाका नगर प्रमुख राजिव रंजन उर्फ (राजु यादव) र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामइश्वर यादव को ७% बजेट आय आर्जनको सम्माना गर्दैई आएका छन्।

हालै बंकुल बाजारको छेउमा नवनिर्मित नाला भतकेको हो। यस्तै बिकास गरेर नगरपालिकाको सबै बजेट सखाप गर्दै जाने योजना नै बनाएको जस्तो देखिन्छ। आफ्नो नगरपालिकाका जनताहरुको लागि नगर भित्र बिकास गर्नुको सट्टा मेयर र प्रशासकीय अधिकृत मिलि नगरपालिकाका सबै बजेट यता उता गरि सखाप गर्ने योजना नै बनाएको स्थानियहरुले बताएका छ्न।

नेपाल सरकारले कर संकलन गरेर बर्षों नगरपालिकालाई करोडौ करोडका बजेट दिदै आएको रकम सर्वव्यपि नै छ। तर सो संकलन बजेटमा ७% प्रतिशत रंगदारी टेक्स असुली गर्दै आएका बौधीमाई नगरपालिकाले लपरवाहीको चरम पार गरेको छ। यस बारे सोधपुछ गर्न जादा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामइश्वर यादवले भन्छ मेयर ज्यु संग सोधनु अनि मेयर संग सोधन जादा प्रशासकीय अधिकृत लाई सबै थाहा छ भन्दै कुरालाई टार्ने गर्द्छ।















