Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धनुषाका एसपी रानाभाट माथि अनुसन्धान सुरु, प्रहरी हेडक्वार्टरको टोली धनुषामा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

जनकपुरधाम । लागूऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाट माथि अनुसन्धान सुरु भएको छ । ४ महिनाअघि अर्थात गत ८ फागुनमा धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको थियो ।

सोही घटनामा एसपी रानाभाटले अवैध लाभमा मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । अहिले उक्त छानबिन समितिले धनुषा गएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको पाइएको छ ।

‘एसपी रानाभाटविरुद्ध उजुरी परेको छ,’ प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन । लाभ लिएको पुष्टि भएमा कारबाही हुन्छ।’

लागूऔषधसहित पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवामा बस्ने २१ वर्षे केशव सिंह, २० वर्षे रोशन ठाकुर र सहिल सिंह रहेका थिए ।

उनीहरु बटेश्वर गाउँपालिका -२ धुमासनबाट पक्राउ परेका हुन् । प्रकाउ परेका उनीहरुको साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट बरामद भएको थियो । यस्तै प्रहरीले उनीहरू चढेको ज७प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । समाचार : अनलाइन न्यूजबाट

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.