Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निःशूल्क एम्बुलेन्स सेवाको सांसद यादवद्वारा उद्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

रंजित चौरसिय
वीरगञ्ज, ५ असार, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले निःशूल्क एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन् । पर्सागढी नगरपालिका वडा नम्बर ५ ले खरिद गरेको एम्बुलेन्सको शनिवार एक कार्यक्रमका बिच सांसद यादवले उद्घाटन गरेका हुन् ।

कोभिड संक्रमितका लागि निःशूल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्दै सांसद यादवले ग्रामिण क्षेत्रका नागरिकलाई वीरगञ्जसहित अन्य ठाउँमा उपचारका लागि जान एम्बुलेन्स उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘कोभिड १९ को महामारीमा एम्बुलेन्सकै अभावमा धेरैले ज्यान गुमाए । अब यस्तो अवस्था आउन नदिन एम्बुलेन्स सिद्ध हुनेछ ।’

वडा नम्बर ५ ले कोभिड संक्रमित र शंकास्पदका लागि निःशूल्क एम्बुलेन्स सेवा शुरु गरेजस्तै अन्य वडाहरुले पनि सकारात्मक कार्यहरुको अनुकरण गर्नुपर्नेमा सांसद यादवले जोड दिए । अन्य स्थानीय तहका वडाहरु गाउँपालिकाले देला भन्ने आशमा बसेको बेलामा वडा कार्यालय आफैले पहल गरेर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्नु सह्रानीय कार्य भएको जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले बताए ।

वडा कार्यालयले खरिद गरेको एम्बुलेन्सबाट वडाबासी मात्रै नभएर अन्य वडाका बासिन्दाले पनि लाभ लिने वडा नम्बर ५ का वडाअध्यक्ष असलम आलमले बताए । ‘वीरगञ्ज बजारमा मात्रै एम्बुलेन्सहरु केन्द्रित हुँदा ग्रामिण क्षेत्रका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था थियो । कहिले फोन नलाग्ने, कहिले एम्बुलेन्स खाली नहुने जस्ता समस्याबाट छुटकारा पाउन आफैले पहल गरेर एम्बुलेन्स खरिद गरेका हौँ’, आलमले भने ।

वडाअध्यक्ष आलमको अध्यक्षतामा भएको एम्बुलेन्स उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टी का जिल्ला अध्यक्ष रामनरेश यादव वडा सदस्य शतियाँ देवी, शिवमती देवी अहिरिन, योगेन्द्र साह, धुर्व रायभर, स्थानीय अगुवा शम्भु पंडित, प्रधानाध्यापक रामअषिश यादव, नेता रमेश यादव,अशोक यादव, फजिल मिंया, विकाउ रायभर, उमर मियाँ, सैमुलाह मियाँ, अमुदिन मिँया लगायत स्थानीय को सहभागिता थियो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.