Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्पाका युबाहरु वैदेशिक रोजगारी छोडेर स्वदेशमै तरकारी खेती गर्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

तानसेन । पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं ७ बतासे डबका युवा पछिल्लो समयमा वैदेशिक रोजगारी छोडेर कृषि पेसामा होमिएका छन । पाँच वर्ष अघिसम्म निर्वाहमुखी कृषि पेसा गर्दै आएका डबका किसानहरू गाउँलाई तरकारीमय बनाएका छन् । यहाँका किसानहरूलाई निषेधाज्ञाले कुनै प्रभाव पारेको छैन ।

निषेधाज्ञाको समयमा अधिकाश व्यक्तिहरू कोरोना संक्रमणको जोखिमको कारण घरमै दिन बिताए पनि पाल्पा डबकाका किसानहरूको दैनिकी खेतबारीमै बित्ने गरेको छ । यहाँका ३५ घर परिवार एकजुट भएर व्यावसायिक खेती गर्दै आएका छन् ।

किसानहरूले बेमौसमी काँक्रा, करेला, सिमी, बन्दा लगायतका तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्दै आएका छन् । अधिकांश वैदेशिक रोजगारी छोडेर व्यावसायिक कृषिमा लागेका छन् । गाउँमा प्रशस्त सिँचाइको सुविधा भएकोले पाल्पा डबकाका किसानहरू मकै, गहुँ जस्ता खेतीबाली छोडेर तरकारी खेतीमा होमिएका हुन् ।

चार वर्ष अघिसम्म सबैले घर खर्चको लागि मात्र तरकारी खेती गर्दै आएकोमा ३५ घर परिवार अहिले व्यावसायिक तरकारी खेतीमा जुटेका हुन् । ‘परिवारसँग बसेका छौ, बेलामौकामा साथीभाइ जुटेर रमाइलो गर्दछौं, गाउँ परिवारका सबै मिलेर तरकारी खेतीमा जुटेका छौ, किसान सूर्य कुँवरले भने । उनी कतारको रोजगारी छोडी गाउँमै कृषि पेसामा रमाएका छन् ।

निषेधाज्ञाको समयमा किसानको उत्पादित तरकारी खेतबारीमा पुगेर व्यापारीहरूले किन्ने गरेका छन्। किसानहरूले खेतबारीबाटै थोक मूल्यमै भक्तपुरे लोकल काँक्रा ५० रुपैयाँ किलो, सिमी ६० रुपैयाँ किलोमा बिक्री गर्छन् । सिजनमा ५० देखि ७० क्विन्टल उत्पादन हुने भएकोले बुटवल क्षेत्रका व्यापारीहरू किसानको खेतबारीमा पुग्छन् ।

किसानले एक महिनाको अवधिका ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको काँक्रो बिक्री गरिसकेका छन् । अफ सिजनका तरकारीजन्य उत्पादनबाट राम्रो आम्दानी भएपछि पाल्पा डबकाका किसानहरू तरकारी खेतीमा उत्साहित भएको कुँवरले बताए ।

युवाहरू कृषि पेसाप्रति उत्साहित भएपछि स्थानीय सरकारदेखि प्रदेश सरकारले बिउबिजन, मल प्राविधिक सहयोग र अनुदानको व्यवस्था गर्दै आएका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.