Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध चिसिए, अब एमालेमा नबस्ने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

काठमाडौ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।

हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?

सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ । स्रोतका अनुसार प्रभु साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएन ।

यी मागहरुका विषयमा केपी ओली र प्रभु साह बीच पटक पटक वार्ता भयो । कतिपय वार्तामा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका माओवादी नेताहरुको पनि सहभागिता थियो, तर प्रगति भने खासै हुन सकेन । आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म अगाडी बढ्न नसक्ने अडान प्रभु साहको थियो ।

प्रधानमन्त्री लगायतका एमाले नेताहरुले प्रभु साहलाई पटक पटक फकाउने प्रयास गरेतापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री स्रोतले भन्यो, “एमाले ब्युतेपछि पार्टीको निर्णय पुस्तिका (माईन्युट) मा प्रभु साहले हालसम्म पनि हस्ताक्षर गर्न नमाने पछि प्रधानमन्त्री ओली झन क्रुद्ध हुनुभयो ।” यो समाचार राजधानी दैनिकमा छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.