Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आदिवासी जनजाति महासंघ बेलायतमा कर्मा पहाडी बने अध्यक्ष,अरु को को आए ?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशनबाट कमान सिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन । शनिवार भर्चुअल रुपमा सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन ।

उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए । बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आवद्ध छन् । पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्रीमति लिला सेलिङ माबो, उपाध्यक्ष श्रीमति सरला रानामगर, सचिव श्रीमति विमला कुमारी राई र सदस्यहरुमा क्रमशः विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार, देबेन्द्र आङबो, शान्त शेर्पा, गनवीर थापामगर, रेन्जी शेर्पा लामा लगायत चयन भएका छन ।

शेर्पा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ बेलायत (फ़ोनिज युके) को महासचिव समेत छन । उनले फोनिजबाट राजीनामा दिएको बताइन्छ । संगीत क्षेत्रमा समेत विशेष प्रतिभा रहेका शेर्पा वेलायतस्थित नेपाली समुदाय माँझ परिचित छन् । दुई चरणमा भएको अधिवेशनमा पहिलो चरणमा अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको बन्द सत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि मतदान मार्फत नेतृत्व चयन गरिएको थियो । निर्वाचन परिणाम घोषणा लगतै अध्यक्ष लगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले सपथ ग्रहण गराएका थिए । निर्वाचन मण्डलका सदस्यद्वय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए ।

अधिवेशनमा मोबाइल टेक्स्ट मार्फत मतदान गराइएको थियो । अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रम महासचिव खुसि लिम्बुले संचालन गरेका थिए । उक्त अधिवेशनमा नेपाल, युके र बिभिन्न देशमा रहेका महासंघ संग सम्बद्ध संघ संस्थाहरु, एनआरएनए, नेपाल पत्रकार महासंघ बेलायतलगायतका अध्यक्षहरुलेले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.