काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको दोहोरो मुडभेडका नाम मा सरकारले हत्या गरेको थियो ।
कुमार पौडेलका परिवारले २ बर्षसम्म न्याय त पाएनन् नै उल्टो धम्कि खेप्न पर्यो, प्रतिबन्धमा रहेको पार्टी र पार्टीको कार्यशैली भुमिगत शैलीमा हुँदा, पार्टी भित्रको सुराक नभए कसरी कुमार मारिए ? पार्टी भित्र कै सुराकीको आशंका कुमारको परिवारले गर्यो, र पार्टीलाई छानबिन गर्नका लागि निवेदन हाल्यो, निवेदनको सुनुवाइ त के यसको सट्टा कुमार पौडेलको स्मृतिकै दिन पार्टी केन्द्रीय कार्यालयले एउटा वक्तव्य नै निकाल्यो, वक्तव्य यस्तो छ ।

जनकपुर व्युरो ईन्चार्ज रहेका सन्देश पौडेल र कुमार पौडेल बिच केही समय देखी शीत युद्ध रहेको कुरा कुमार पौडेलका परिवारहरु बताउछ्न । यसलाई आधार मानेर हेर्दा सन्देशले कुमार पौडेललाई भेटघाटमा बोलाएको र प्रहरीले बिच बाटोमा ईन्काउन्टर गरेको बताउछन् ।

तर भुमिगत कार्यशैलीमा रहेको पार्टी र नेता कार्यकर्ता बिच भेटवार्ता गर्ने तय हुँदा, व्युरो ईन्चार्जलाई छोडेर किन जिल्ला ईन्चार्ज माथी प्रहरी जाईलाग्यो ? यदि यो योजनाबद्द हैन भने किन कुमार पौडेल मात्रै मरेरु अरु सङ्गै रहेका साथीहरू किन घाइते समेत भएनन् ? ती साथीहरू समेत झिकाएर यथार्थ कुरा बाहिर किन आउन सकेन ?
पार्टीले आन्तरिक विवाद बाहिर ल्याएर गलत गर्यो, सहिद परिवारको मर्म माथी पिडा थप्यो यो सरासर गलत हो र यो फिर्ता लिई माफी माग्न पर्दछ गलतलाई गलत भन्न सक्नु पर्छ , पार्टी ले स्मृतिकै दिन वक्तव्य निकालेर कुमारको परिवारलाई थप पीडा दियो ।
(खड्का विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको युवा नेता हुन् । )















