Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको आईपी टिभी सेवा शुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

काठमाडौ । नेपाल टेलिकमले आईपी टिभी सेवा शुरु गरेको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज आइतबार देखि एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सनि्धखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराए पश्चात् टि्रपल प्लेको अवधारणा कार्यान्वयनमा आउने प्रवक्ता राजेश जोशीले बताए ।

हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ ।

हाल कम्पनीले वेसिक र पि्रमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र पि्रमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।

नेपाल टेलिकमले २०७७ पुष १७ गतेमा सर्वप्रथम एनटी टिभी सेवाको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.