Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिऔँ : मन्त्री पाण्डे

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

धनी राम कोरी
बुटवल । लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षरोपण आवश्यक रहेको बताएकी छन् ।

नेपाल स्काउटको ७० औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले शनिबार बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरिन् ।

स्वच्छ र हराभरा प्रदेश बनाउन सरकारले एक घर दुई बिरुवाको अवधारणा ल्याएको उल्लेख गर्दै उनले यसलाई कार्यान्वयन गर्नका लागि सबै प्रदेशवासीलाई अनुरोध गरिन् । सामाजिक क्षेत्रमा स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री पाण्डेले जहाँ विपद् हुन्छ, त्यहाँ स्काउट पुग्छ भन्ने मान्यता स्थापित भएको बताइन् ।

स्काउटका प्रदेश संयोजक दीनानाथ भट्टराईले स्काउटको सिद्धान्त र मान्यताअनुरूप प्रदेशमा युवाको शारीरिक, मानसिक तथा बौद्धिक विकास गरी अनुशासित स्वावलम्बी र चरित्रवान् बनाउँदै सामाजिक सेवाको भावना जगाउने काम भइरहेको सुनाए । उनले २००९ सालमा स्थापना भएदेखि स्काउट सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको उल्लेख गर्दै प्रदेशमा पनि सेवाको भावना राखेर काम भइरहेको जानकारी गराए ।

पाणिनि उद्यानका अध्यक्ष ऋषि आजादले जितेश्वरी वन क्षेत्रभित्र पर्ने उद्यानमा ग्रामीण सडक निर्माणसँगै आकर्षक पार्क निर्माणको काम भइरहेको बताए । उनले उद्यानका लागि यस वर्ष संघीय सरकारबाट रु.५० लाख बजेट विनियोजन भएको जानकारी गराउँदै यसबाट थप संरचना निर्माण हुने उल्लेख गरे ।

कार्यक्रमअन्तर्गत पाणिनि उद्यानमा आँप, अमला, बेल तथा विभिन्न प्रजातिका दुई सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवा संरक्षण तथा रेखदेखका लागि नगर समितिलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा समाजसेवी दीपक पन्थी, स्काउटर तारा पुरी, भरत अर्याललगायतले समुदायमा प्रदेशमा आइपर्ने विपद्का घटनामा स्काउटले जहिले पनि अगाडि बढेर सहयोग गरेको बताए । कार्यक्रमअघि पाणिनि उद्यानमा सरसफाइ गरिएको थियो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.