पत्रकार रवि लामिछानेले ,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न नपाइएको जानकारी दिएका छन्। जाहेरीमा उल्लेख भए बमोजिम ज्वाला संग्रौलाले गल्ती गरेको पाइएको र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस् भन्दै पत्रकार रवि लामिछानेले माग गरेका छन्।
“ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।”, पत्रकार रवि लामिछानेले भनेका छन्।

पत्रकार रवि लामिछानेले सामाजिक संजालमा लेखेका छन्, “ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।”

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा
ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।
पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।
झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।
प्रहरी परिसर टेकुमा राखिएका वेला संग्रौलालाई पनि पीडितको तर्फबाट बताउने सुजन खत्री र सुमन चित्रकारले कुटपिट गरेका छन् । उनीहरुले आफूलाई युवा संघको कार्यकर्ता बताएका छन् ।















