असिम कामु मगर
झापा । झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको सोमबार बिहान शव फेला परेको हो ।
ऊनी अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा करिब पाँच वर्षदेखि कामदारको रुपमा बस्दै आएका थिए । नगर प्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भए लगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो ।

सोरेनको शव उद्धार टोलीले पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
















