Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, एक अर्कामा सहयोगको अपिल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ७, २०७८ मा प्रकाशित
असिम कामु मगर

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन् ।

निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भइरहेको छ ।

निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सभापति शेरबहादुर देउवा निकट निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्न सक्ने आँकलन गरिएको छ ।

देउवाले प्रदेशगत रूपमा आफू निकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशनकेन्द्रित छलफल थालेका हुन् । जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

‘मुख्यतः यो पारिवारिक भेट हो तर नेताहरू भेटेपछि राजनीतिक कुरा भैहाल्छ । महाधिवेशनबारे एक अर्काको कुरा सुन्ने सुनाउने काम भएको छ’, निधिनिकट स्रोतले भन्यो । यस भन्दा अघिल्लो वर्ष साउनमा निधिले कोइराला र सिंहलाई उनीहरूकै निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।

आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे । सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए । छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् ।

उपसभापति निधिले एनिभर्सरीको अवसरमा सभापति शेरबहादुर देउवालाई पनि निम्तो गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँगको छलफलकै बीचमा देउवा बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

उनी वागमती प्रदेशका पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाको निवासमा पुगेका छन् । कोइरालाका पति दिनेश कोइरालाको निधनको १३ औं दिनको तिथिमा सहभागी हुन देउवा त्यहाँ पुगेका हुन् । त्यसपछि देउवा निधि निवास जाने बताइएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.