सुरेश यादव
नवलपरासी /असार ७, आज एक कार्यक्रमका बिच पश्चिम नवलपरासीकाे पाल्हिनन्दनमा हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ नाराकाे साथ दुई स्थानमा मास्क बैंकको स्थापना गरिएको छ ।


पाल्हिनन्दन गाउँपालिका वडा नं १, महेशपुर र वडा नं ३ बेलाशपुरमा काेभिड -१९ महामारीको दाेस्राे लहरकाे राेकथाम गर्न मास्क बैंक स्थापना गरिएको उत्तम सहयोगी समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ताले बताउनुभयो ।


मैत्री समाज नेपाल, उपकार समाज संस्था, उत्तम सहयोगी समाज संस्था र याेगदान राष्ट्रका लागि नवलपरासी शाखाकाे सहयाेगमा मास्क बैंकको स्थापना भएकाे हाे ।

कार्यक्रममा पत्रकार रन्जित शर्मा, सुरेश यादव, ज्ञानेश्वर सहानी, मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता, उत्तम सहयाेगी समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ता, विनाेद निगम र सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीको सुरक्षाकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
















