बिनोद मण्डल
सिरहा । जनप्रतिनिधिको चरम लापरवाही र प्रशासनिक निकायको कमिसनको चक्करमा स्थानियले सास्ती भोग्दै आएका छन् । पर्षा कालिकामाई गाउँपालिकाका अाम मानिसहरूले जनप्रतिनिधि फोहोरी राजनीति खेलमा लागेर बाटो मर्मतको लागि बर्सेनि मर्मत स्वरूप रकम निकासा गरेर काम नगर्दा बाटो हिलाम्य भएको स्थानियको गुनासो रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा बाटो मर्मतको लागि ४० लाख रकम निकासा कागजी रूपमा देखिएतापनि गाउँपालिकाका अधिकांश भागमा बाटो पोखरी बनेको हो ।

कालिकामाई ५ बलुवा टोलको शम्भु पासवानको घरदेखि साहेब पासवानको घरसम्मको बाटो स्थानिय जनप्रतिनिधिको चरम लापरवाहीका कारण पोखरी बनेको अवस्थाले स्थानीय चिन्तित भएको पालिका खवरका पत्रकार विनोद मण्डलले जनाएका छन् ।

















