Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जोखिम उच्च ,तयारी झिनो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ८, २०७८ मा प्रकाशित

काठमाडौ । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन।

यसअघि सरकारले २०७४ मा बाढीपहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए पनि बाढीपहिरोको क्षति बर्सेनि बढ्दो छ। गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोका कारण पछिल्ला १० वर्षमा १ हजार ७ सय ४१ जनाको ज्यान गएको छ। जसमा ९ सय २५ जना पहिरोमा पुरिएर र ७ सय जनाभन्दा बढी बाढीमा डुबेर÷बगेर मृत्यु भएको छ। यो वर्ष पनि बाढी पहिरोको बढी जोखिम देखिने गृह मन्त्रालयको विपद् प्रतिकार्यको योजनामा उल्लेख छ। भारी वर्षाका कारण धेरै क्षेत्रमा असर पर्ने भएकोले ७७ वटै जिल्लाका सुरक्षा निकाय र जिल्ला प्रशासनलाई गृहले विपद्मा जुट्नको लागि तयार रहन निर्देशन दिएको छ।

सबै जिल्लामा बढी बाढी पहिरो गएको क्षेत्र पहिचान गरी प्रतिवेदन पेश गर्न पनि गृहले जिप्रकालाई निर्देशन दिएको छ। गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापान महाखाशा प्रमुख गोविन्द रिजालले यो वर्ष पूर्व तयारी बलियो बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘गत वर्ष भन्दा यो वर्ष वर्षा बढी हुने जानकारी अनुसार हामीले व्यवस्थित तयारी गरेका छौं, तर साधनस्रोत पुग्दो छैन, ठूलो क्षति भयो भने हामीले थेग्न नसक्ने पनि हुनसक्छ, जोखिम क्षेत्रहरूमा बढी सतर्कतका अपनाइएको छ।’ उनका अनुसार विपद् रोकथाम गर्नको लागि माग गरे बमोजिम बजेट पनि उपलब्ध गराएको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.