Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरु आजबाट आंशिक रुपमा पुन: संचालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ८, २०७८ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सञ्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आंशिक रुपमा सेवा पुनः सन्चालनमा ल्याएका हुन् ।

कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेक नागरिकता वितरण, प्रतिलिपी बनाउने, नाबालक परिचयपत्र, पासपोर्ट सिफारिस, संघ÷संस्था दर्ता लगायतका सबै सेवा स्थगित गरेका थिए । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सेवाग्राही उपस्थित हुन सक्न जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आजबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ । हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् । उता जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरले जिल्लाका सबै सरकारी एवं सार्वजनिक निकायलाई मंगलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

कोरोना महामारी फैलिएपछि रोकथामका लागि सरकारको नीति अनुसार जिल्ला प्रशासन कार्यालयहरुले बैशाखको दोस्रो साताबाट शुरु गरिएको निषेधाज्ञा थप खुकुलो बनाउँदै लगेका छन् ।

हाल काठमाडौं उपत्यकासहित ७५ जिल्लामा निषेधाज्ञा जारी छ । उपत्यकामा यही असार १४ गते राति १२ बजेसम्मका लागि खुकुलो ढाँचाको निषेधाज्ञा जारी रहनेछ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.