टिपरको ठक्करबाट मोरङको रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो।

प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान सवा ९ बजे सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो।
टिपर चालक धनपालथान ६ का ३९ वर्षीय विद्या सागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।















