Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री ओली पोलिटिकल कोर्स करेक्सन गर्न तयार हुनुहोला त !

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ८, २०७८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली झण्डै दुई सातादेखि मौन हुनुहुन्छ योग दिवसको अवसरमा साँस्कृतिक महत्ववारे बोल्ने वाहेक । क्याबिनेटमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई समावेश गरेपछि उहाँले सार्वजनिक कार्यक्रममा सहभागिता र धारणा खासै राख्नुभएको छैन ।

त्यसमा पनि उपप्रधानमन्त्री महतोले विवादास्पद अभिव्यक्ति राखेपछि बढेको जनआक्रोशपश्चात् प्रधानमन्त्री ओली लगभग चुपचापको अवस्थामा देखिनुभएको हो । यसबीच एमालेका केही युवा र दोस्रो पुस्ताका नेता पार्टी विवाद मिलाउने भन्दै अनौपचारिक भेटघाटमा व्यस्त भएका समाचार पनि बाहिर आएका छन् । तर,ती भेटघाटमा उठ्ने गरेका सन्दर्भ र छलफलको विषयभन्दा फरक ढंगले राष्ट्रिय राजनीति अघि बढेकाले त्यसलाई सम्बोधन नगरेसम्म एमाले विवाद पनि नसल्टने मोडमा पुगेको बताइन्छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहका एक जना प्रभावशाली नेताका अनुसार केपी ओली कोर्स चेञ्ज गर्न तयार नभएमा समस्या झन् बल्झिने छ । पुस ५ गतेपछि बालुवाटारको राजनीति जेठसम्म आइपुग्दा सरकारले दक्षिणपन्थी बाटो समातेको आरोप छ ।

देशहितको विरुध्द उभिनेहरूसँग प्रधानमन्त्री ओलीको राजनीतिक सामिप्यताले एमालेभित्रको विवाद झन् जेलिन पुगेको बताइन्छ । उनै नेताका अनुसार प्रधानमन्त्री ओली र उहाँको मधेसी,राप्रपा गठबन्धनविरुध्द उभिएको गठबन्धनले विदेशी हस्तक्षेपको सशक्त विरोध गरेको छ । उनीहरू लोकतन्त्र र संविधान रक्षा भन्दै एक ठाउँमा जुटेका छन् ।

‘संविधान मान्दिनँ भन्ने,मुलुक टुक्राउनुपर्छ भन्ने र विदेशीहरूको इशारामा चल्ने समूह’ सँग भएको प्रधानमन्त्रीको गठबन्धनले पार्टीभित्र गम्भीर प्रश्न उठ्न थालेको केही केहीको असन्तुष्टि छ । प्रधानमन्त्रीले लोकतन्त्रवादी समूह र दललाई छाडेर सहर्ष दक्षिणपन्थी सोच र दर्शन बोेकेका राजेन्द्र महतो,महन्थ ठाकुर र कमल थापासँग बढाउनुभएको सामिप्यता तोडेमा पनि थोरै राजनीतिक गतिरोध अन्त्य हुनसक्ने बताइन्छ ।

दक्षिणपन्थी गठबन्धन छाडेर लोकतन्त्रवादी गठबन्धनसँग हातेमालो गर्न तयार नभएसम्म राष्ट्रिय राजनीतिझैँ एमालेभित्रको गतिरोध पनि अन्त्य नहुने ढंगले परिस्थिति अघि बढेको बुझिएको छ । त्यसका लागि वरिष्ठ नेतालगायतलाई गरिएको कारबाही फिर्ताको घोषणा गर्नुपर्ने पहिलो स्टेप हुनसक्छ । यस्तै चित्तदुखाइले संवाद र फोनवार्ता समेत हुन नसक्ने अवस्थामा परिस्थिति विकसित हुँदै गएको देखिन्छ ।

राजनीतिक कोर्स करेक्सन गर्नुपर्ने र सबै प्रदेश सरकारको नेतृत्वबारे पार्टीभित्रको राजनीतिक सन्तुलन बमोजिम समानुपातिक वितरणमा जान तयार हुनुपर्ने माग पनि यसवीच उठेको बताइन्छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.