Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने चुनौती : अर्थमन्त्री शर्मा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ६, २०७८ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे । ‘यसलाई बदल्नका लागि नीतिगत, योजनागत रुपमा, कार्यन्वयनका दृष्टिकोणले र प्रतिवद्धताका दृष्टिकोणले एउटा नयाँ संकल्पको आवश्यकता छ, हामीले स्थानीय स्तरमा, प्रदेश स्तरमा साना उद्योगहरुको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगहरुको बीचमा फेरि ठूला उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने भन्दै मन्त्री शर्माले औद्योगिकीरण नै व्यापार घाटा न्यूनीकरण गर्ने मुख्य आधार भएको बताए । ‘औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरी हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौं । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगिकीकरण नै हाम्रो मुख्य आधार हो ।’

अर्थमन्त्री शर्माले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनस्र्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए । उद्योगी तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह गरे ।

‘प्रधानमन्त्री, अर्थमन्त्रीलाई आग्रह गर्दछु कि एकचोटी फेरि नेपाल एउटा खुला, उदार र ट्रान्सपरेन्ट युगमा प्रवेश गर्दैछ । यहाँ उद्योगधन्दा गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताले खोजेर बसेका छन्,’ उनले भने ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘करीब पाँच लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्ने नेपाली श्रमशक्तिलाई स्वदेशमा स्वरोजगार एवम् रोजगारीको सिर्जना अवसर गर्ने ठोस नीति, निर्माण गरी अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने ।

अग्रवालले निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमिक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

ताजा समाचारहरु

WhatsApp Image 2026-06-14 at 4.19.27 PM

डिजिटल प्रविधिबाट फोहोर व्यवस्थापन सुधार्ने पहल

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781439497774

नेपाली चिया निर्यात संकट तत्काल समाधान गर्न सांसद सुहाङ नेम्बा...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.