Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बुटवलमा करिब ३ करोड लगानीमा नमस्ते हाईपर मार्केट सञ्चालनमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ७, २०७८ मा प्रकाशित

रुपन्देही । बुटवल बुद्धनगर एग्रो फार्मले बुटवलमा आफ्नै हाईपर मार्केट सञ्चालनमा ल्याएको छ । किसानको उत्पादन प्रत्यक्ष रुपमा किसान समक्ष पुराउने उदेश्यका साथ बुटवलमा करिव ३ करोड लगानीमा ‘नमस्ते हाईपर मार्केट’ सञ्चालनमा ल्याएको हो ।

रुपन्देही बुटवल–११ कालिकानगर (जोगीकुटी–बसपार्क सडक) मा रहेको छ । मार्टका बारे सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।
उक्त अवसरमा बोल्दै ‘बा एग्रो फार्मका’का अध्यक्ष कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवर्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

हाल मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै उनले आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि सोही किसिमका मार्ट सञ्चालनमा ल्याउने जनाए । उनले भने ‘कृषकलाई सहभागी गराई कृषि उत्पादन बढाउने र सबै किसिमका उत्पादनलाई बढाउने उद्देश्यले नयाँ सोँचका अनुसार मार्टको स्थापना गरेका हौं । साथै हामीले देशमै रोजगार प्रदान गर्ने उद्देश्यले पनि कृषि मार्टसँगै सबै किसिमका सामान एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मार्टको स्थापना गरेका हौं ।’

हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए । मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए । उनले भने ‘कृषि क्षेत्रमा चलायमान बनाई यसको विस्तार गर्दै आगामी तीन वर्षमा आइपिओ जारी गर्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार हामी अगाडि बढेका छौं ।’

त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छानामुनि कृषिजन्य, दैनिक उपभोग्य लगायत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि ‘बा एग्रो मार्ट’सँगै स्थपना गरेको बताए । उनले कालिकानगर, मिलनचोक, देविनगर लगायतका बासिन्दाहरुलाई नजिकमा नै सबै सामग्री उपलब्ध गराउने त्यसैगरी योगीकुटी लगायत तिलोत्तमाबासीलाई पनि सहज हुने हुँदा कालिकानगरमा मार्ट स्थापना गरि सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको बताए ।

हालसम्म ‘बा एग्रो मार्टमा करिब एक सय ५० जना लगानी कर्ता रहेको र सो संख्या बढाउँदै जाने सञ्चालकले बताएका छन् । कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले बताए । दुबै मार्टको आगामी शनिबारदेखि औपचारिक शुभारम्भ हुँदैछ ।

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, बुटवलका उद्योगी/उद्योगी व्यवसायी संस्थाका प्रमुख लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

ताजा समाचारहरु

WhatsApp Image 2026-06-14 at 4.19.27 PM

डिजिटल प्रविधिबाट फोहोर व्यवस्थापन सुधार्ने पहल

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781439497774

नेपाली चिया निर्यात संकट तत्काल समाधान गर्न सांसद सुहाङ नेम्बा...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.