कामना सेवा बैंकको २६औं शाखारहित सेवा

बुटवल । कामना सेवा विकास बैंकले २६औं शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको हो। बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र वडा अध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्त […]
स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ, मंसिर १४ । स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष एक अर्बभन्दा बढीको सुन्तला […]
मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर […]
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, मंसिर १ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले बुधबार नेपालका लागि पनि मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो । नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको छ । त्यस्तै, डिजेलमा भने एक रूपैयाँ […]
एकैदिन एक हजार चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रति तोला रु ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार […]
चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । बिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउँछन् । बिहानभरी चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा […]
नेपालकाे व्यापार घाटा तीन खर्ब ५९ अर्ब

काठमाडौ । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ। सो अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको […]
नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत […]
अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

काठमाडौ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशिला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री […]
हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा

निजी उद्योगले धमाधम नाफा कमाउादा सार्वजनिक उद्योग निरन्तर घाटा मकवानपुर । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योगको ऋण भने करिब २० करोड रुपैयाँ पुगेको छ । उद्योगले आर्थिक वर्ष ०७८/७९ मा करिब […]

