चिनियाँ कम्पनीले निर्माण ढिलाई गर्दा विमानस्थल सुचारु हुन सकेन, भिजिट मधेशद्वारा विरोध

भैरहवा । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले निर्माण ठेक्का लिएकाे भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य ताेकिएकाे समयमा सम्पन्न नगर्दा भिजिट मधेशद्वारा सुक्रवार भैरहवामा विराेध प्रदर्शन गरिएकाे छ । विमानस्थल निर्माण कार्यमा चिनियाँ ठेकदार कम्पनीले जानीजानी ढिलाइ गरेको भन्दै भिजिट मधेशले विरोध कार्यक्रम गरेको हो । यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्याला […]

शुभकामना कार्यक्रममा पत्रकार सम्मानित

विनोद मण्डल सिराहा । धनगढीमाईको जिरोमाइल स्थित नेपाली कांग्रेसका जिल्ला सभापतिद्धारा पत्रकारहरु सम्मानित भएका छन् । नेपाली कांग्रेस सिराहाका सभापती रामचन्द्र यादवद्वारा उनको निवासमा हिन्दूहरूको महान चाड वडा दशैँ, दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विष्णु प्रशाद गुप्ता, प्रमुख अथिति रामचन्द्र यादव, विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ […]

रौतहटमा करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु

जनकपुरधाम, २३ असोज । रौतहटमा करेन्ट लागेर एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारी यादवको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन

वीरगञ्ज, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले वीरगञ्जमा उपेन्द्र यादवको पुतला दहन गरेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरूले वीरगञ्जमा अध्यक्ष यादवको पुतला दहन गरेको हो । आक्रोशित कार्यकर्ताहरुले ‘काला नाग मुर्दावाद, उपेन्द्र चोर देश छोड उपेन्द्र यादव मुर्दावाद’ सहितका नारा लगाउँदै जसपा कार्यकर्ताहरूले प्रदर्शन गर्दै वीरगञ्जको घण्टाघर चोकमा […]

दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति

काठमाडौं । लगानी बोर्डको शनिबार बसेको ४८ औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब […]

सर्लाहीबाट तीन किलो गाँजासहित एक पुरुष पक्राउ

जनकपुरधाम, २३ असोर । प्रहरीले सर्लाहीबाट तीन किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । आज (शनिबार) विहान ८:३० बजेको समयमा प्रहरी टोलिले मलंगवा नगरपालिका वडाा नम्वर २ दशगजा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाँउपालिका वडा नम्वर ८ भेल्ही बस्ने ४५ वर्षीय बिन्देश्वर सहनी रहेका छन् । उनको साथबाट तीन […]

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने, प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय

कृष्णनगर, असाेज २३ । कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन । बर्षाैदेखि दशैंमा दश दिनसम्म हिन्दुधर्मावालम्बीहरु दुर्गा पुजन र मुर्ति स्थापना गरि साउन्डबाजाका साथ हर्षाेउल्लास गरि मनाउदै आएकाे चाड यस बर्ष प्रशासनद्वारा लगाइएकाे नागरिकता, ओैला छाप जस्ताे कागजी अवराेधले मुर्ति नै स्थापना नगर्ने निर्णय […]

सुदूरपश्चिम प्रदेश : ऐनविपरीत धमाधम कर्मचारी भर्ना

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा निकटका व्यक्तिलाई सेवा करारमा धमाधम कर्मचारीको रुपमा भर्ना गरेको पाइएको छ। ऐनविपरीत परामर्श सेवा खरिद नगरेर विभिन्न पदमा कर्मचारी भर्ना गरिएको हो। गत आर्थिक वर्षमा ६ जना कर्मचारी भर्ना गरेको प्रदेश सभा सचिवालयले यो वर्ष थप ६ जना भर्ना गरेको छ। प्रदेश सभामा दलको संख्या बढको भन्दै सचिवालयले फोटोग्राफर, क्यामेरामेन, […]

प्रधानमन्त्री देउवापछिको वरीयतामा गृहमन्त्री खाँण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् । देउवा सरकारका उपप्रधानमन्त्री छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् । सत्ता […]

महोत्तरीमा स्रोत नखुलेको १० लाखबढि रकमसहित दुई जना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका–५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका–७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]