आजदेखि सप्तरीको नेपाल–भारत नाका खुल्यो

सप्तरी, २१ असोज । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको सप्तरीको नेपाल–भाारत सीमा नाका बिहीबारदेखि खुलेको छ । सप्तरीको राजविराज र भारतीय कुनौलि बजार बिहीबारदेखि निजी सवारी साधन सञ्चालन भएको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी दिप बहादुर कटुवालले जानकारी दिए । नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा […]

कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ

धनगढी । कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिकाका मोहन सिंहको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई १ लाख २२ हजार २ सय १० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको […]

काठमाडौको बाफलबाट १९ जना जुवाडे पक्राउ

काठमाडौ । काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जुवा खालबाट २ लाख ८६ हजार नगद बरामद गरेको छ । जुवा खालबाट ७ […]

जैद बिन सावित मदरसामा युनिसेफद्वारा दिइएको शैक्षिक सामाग्री वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ l नाजिम समिम अहमद खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी अतिथि हरूमा […]

प्रहरी समायोजन यथाशीघ्र गरिनुपर्छ : मन्त्री शाक्य

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.अजयक्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशीघ्र सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन्। ६६औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाक्यले यस्तो बताएका हुन्। ‘बागमती प्रदेश सरकारले प्रहरी ऐन बनाइसकेको छ,’ मन्त्री शाक्यले भने, ‘प्रहरी ऐन बनिसकेपछि पनि प्रहरी समायोजन हुन नसकेको अवस्था हामी […]

आजदेखि दसैं सुरू, घटस्थापनाको उत्तम साइत ११ :४६ मा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दसैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ […]

अदालतको आदेशपछि पूर्वगृहमन्त्री र पूर्वआइजिपीविरूद्ध जाहेरी दर्ता

जनकपुरधाम । पूर्वगृहमन्त्री रामबहादुर थापा र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालविरूद्ध जाहेरी दर्ता गरेको हो। सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज […]

कालापानी – लिपुलेक क्षेत्रमा जनगणना गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीको निकट बिद्यार्थी संगठन– अनेरास्ववियुले भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी क्षेत्रमा पनि जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार वक्तव्य जारी गर्दै कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गरेका हुन् । विज्ञप्तिमा जनगणना गर्न […]

टिकटक बनाउन सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ

काठमाडौं । टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं–३२, जडीबुटीमा बस्दै आएकी १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रेकै नमोबुद्ध नगरपालिका–८ घर […]

नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नु भएको छ । ६६ औ प्रहरी दिवसको अवसरमा प्रदेश नम्वर २ प्रदेश प्रहरी कार्यालयले आज (बुधबार) जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको जिम्मेवारी प्राप्त नेपाल प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्दै […]