६६ औं प्रहरी दिवसमा बाँकेका २६ जना उत्कृष्ट प्रहरी पुरस्कृत

बाँके । ६६ औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरेवापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई पुरस्कार स्वरुप नगद र प्रमाणपत्र प्रदान गरिएको […]

पर्साबाट २ केजी गाँजासहित एकजना पक्राउ

पर्सा । लागु औषध गाँजासहित पर्सा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् । पटेललाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ । पक्राउ परेका पटेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

७३ बर्षका अपाङता भएकालाई घरमै पुगेर सिडिओ गौतमले दिए नागरिकता

रामनारायण यादव सप्तरी, २० असोज । सरकारी सेवासुविधाबाट बन्चित रहेका एक जना अपांगलाई सप्तरीका सिडियोले घरमा नै पुगेर नेपाली नागरिताको प्रमाण पत्र दिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ बर्षका भए । यत्रो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् । जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला […]

नेपाल प्रहरीले ६६ औं स्थापना दिवस मनायो

काठमाडौं । नेपाल प्रहरीले बुधबार आफ्नो स्थापना दिवस मनाएको छ। प्रहरी ऐन, २०१२ जारी भएको दिनलाई नेपाल प्रहरीले स्थापना दिवसका रुपमा विशेष समारोह गरी मनाउने गरेको हो। ६६ औं प्रहरी दिवसको अवसरमा राजधानीको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष समारोह गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा […]

स्रोत नखुलेको ११ लाख भारतीय नोटसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको भारतीय नोटसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका फिक्कलका ३५ वर्षीय अनुप अग्रवाललाई ११ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट […]

धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगाना बर्खास्त

काठमाडौ । चार वर्षका लागि नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई २७ महिना बाँकी छँदै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको छ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुुअगावै छोरीको नामबाट सेयर खरिद गरिएका कारण उनी १६ भदौदेखि निलम्बनमा थिए । अघिल्लो साताको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न […]

लायन्स क्लब आफ कृष्णनगरद्वारा शैक्षिक सामग्री वितरण

कृष्णनगर । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थीलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ l उक्त शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरी, लायन्स कल्बका पदाधिकारीहरू मार्फत वितरण गरिएको जानकारी प्रमुख अतिथिको चीफ डिस्ट्रिक एडवाइजर […]

कोभिसिल्ड खोपको १० लाख डोज शनिबार नेपाल ल्याइदै

काठमाडौ । शनिबार कोभिसिल्ड खोपको १० लाख डोज नेपाल ल्याइने भएको छ । नेपालले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको खोपमध्ये बाँकी १० लाख डोज आउन लागेको हो । नेपालले फागुन ५ मा भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो । त्यसबेला भारतले आफ्नै देशमा खोप खपत हुने भएकाले […]

यो बर्ष पाएनन् सांसदहरूले दशैं भत्ता

काठमाडौं । यो बर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएका छैनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब/भत्ता गएको छ तर, दशैं भत्ता पठाइएको छैन । गत साल दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने नदिने कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका […]

मन्त्रालयको भागवण्डा : कांग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई ४-४ वटा

काठमाडौं । सरकारमा मन्त्रालयको भागवण्डा लगभग टुंगिएको छ । मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको नेताहरुले बताएका छन् । सबैको सहमतिमा सरकरको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ८ वटा मन्त्रालय सम्हाल्ने भएको छ । हाल कांग्रेसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब उसले सञ्चारसहितका मन्त्रालय लिनेछ । माओवादी केन्द्रको […]