शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न प्रयत्न गर्छु : नवनियुक्त शिक्षामन्त्री पौडेल

काठमाडौ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन्। शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताए । उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर […]

नेपाललाई कोरोनामुक्त बनाउन ध्यान केन्द्रित गर्छु : नवनियुक्त स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताए। नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरूलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे। शुक्रबार साँझ सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने […]

कृष्णनगरमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको नेपाल लाइफ इनस्योरेन्सको आफिसमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ l नेपाल लाइफ इनस्योरेन्स लुम्बिनी प्रदेश प्रमुख समेतको उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख पुर्षोत्तम सापकोटालाई उपस्थित सबैले स्वागत गरिएको जानकारी नेपाल लाइफ इनस्योरेन्स कृष्णनगर उप शाखा प्रमुख शत्रुध्न कुमार मौर्यले जानकारी दिनुभयो […]

कञ्चनपुरमा युवकको शव फेला, एक जना नियन्त्रणमा

कञ्चनपुर: कञ्चनपुरमा युवकको शव फेला फेला परेको छ। शुक्रबार महाकाली नदीको झोलुंगे पुल नजिक भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्ट मृत फेला परेका हुन्। उनी २ दिनअघि बुधबार साँझ भाइरल रोड नजिकै महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएपछि प्रहरीको टोलीले उनको खोजी कार्य गरेको थियो। मृतक आफन्तका अनुसार छिमेकी प्रेम भट्टले […]

सरकारले पुर्णत पायो, नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रमका बीच मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्। प्रधानमन्त्री देउवाले आज शुक्रबार नै मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी १६ मन्त्री र दुई राज्यमन्त्रीलाई जिम्मेवारी दिएका हुन्। यससँगै […]

सर्बसाधरणलाई पूर्वराजाले दशैंको टिका नलगाइदिने, शक्तिपिठको दर्शन नगर्ने

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि गर्ने छैनन् कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।

फिर्ता पठाइएको विधेयक प्रदेश सभाबाट पुन पारित

जनकपुरधाम, २२ असोज । प्रदेश २ मा प्रदेश सभाबाट पारित भइसकेको दुईवटा विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको विधेयक पुनः पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाइएको […]

भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको १७ वटा भैंसी सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा, २२ असोज / पर्सा जिल्लाको बहुअर्वाभाठा नजिकैबाट सशस्त्र प्रहरीको टोलिले भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रयाउने बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बहुअर्वाभाठा नजिकैबाट १७ वटा भैंसी नियन्त्रणमा लिन सफल भएको हो । स्थानीय प्रहरी प्रशासनलाई मासिक लाखौ […]

नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित

कठमाडौं । नेपाली काँग्रेस बाजुराको सभापतिका रामसिंह रावल निर्वाचित भएका छन् । दोस्रोपटक गरिएको मतदानको अन्तिम परिणामअनुसार ६०५ मतसहित रावल विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए । रावललाई पहिलो राउन्डबाट बाहिरिएका सभापतिका उम्मेदवार चक्र शाहले सहयोग गरेका थिए । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत […]

दहुवा प्रविधिको PTZ IR क्यामराको सहयोगले अपराधी नियन्त्रण गर्न सजिलो हुन्छ : डिएसपी दाहाल

महेश सिंह सिरहा लहान २२ असोज – दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामराले जस्तो सुकै अपराधी नियन्त्रण गर्न सहज रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले पत्रकार समेलनमा बताउनु भयो । दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामरा सिरहा जिल्लामा कम्तीमा ४ ठाउँमा जडान गर्‍यो भने अपराधी घटनाहरु नियन्त्रण र सहजै पतालगाउन सक्ने प्रविधि […]