दाजुभाइ तथा दिदिबहिनीहरु रमाउन सकेका छैनन् म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री ओलि

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे । “जो जहाँ […]
उपसभामुख रानाले भन्नुहुन्छ दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छ

काठमाडौँ / उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कायम राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छन् । बडादसैँ–२०८१ को अवसरमा शुभकामना आज शुभकामना सन्देश दिँदै उनले दसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरिन् […]
कोषमा एमालेको रु ५० लाख सहयोग:प्रधानमन्त्री

काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो । उहाँले […]
प्रधानन्यायाधीशलाई राष्ट्रपतिले शपथ दिदै

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, […]
ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै: नवरात्रको दोस्रो दिन

काठमाडौं/ नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन […]
प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ नै संविधानसम्मत जिम्मेवारी

काठमाडौँ/ राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गरेका छन् । प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गरेको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय […]
अभ्यासका लागि नेपाली सेना, चीन प्रस्थान

काठमाडौँ/ नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिपु अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न […]
आज न्यूयोर्क प्रस्थान गर्दै,,प्रधानमन्त्री ओली

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि […]
मन्त्री यादवको आग्रह,,पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न

काठमाडौँ/ खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका(१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उहाँले उक्त आग्रह गर्नुभएको हो । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो । निरीक्षणपछि मन्त्री यादवले भन्नुभयो, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला […]
संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

काठमाडौँ/ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो । कन्सर्टका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा […]

