काठमाडौँ – निषेधाज्ञा र कर्फ्युका बेला आवश्यक सेवाहरू जारी रहँदै

काठमाडौँ उपत्यकामा नेपाली सेनाले जारी गरेको निषेधाज्ञा र कर्फ्युका बावजुद केही अत्यावश्यक सेवाहरूलाई सहज रूपमा सञ्चालन गर्न अनुमति दिएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार साँझको सुरक्षा विश्लेषणपछि सूचना जारी गरेको हो। सेनाले भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र सोही दिन राति ७ बजेदेखि भदौ २७ गते बिहान ६ […]
महोत्तरी कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन २४ घण्टाको अल्टिमेटम

काठमाडौँ – महोत्तरी कारागारबाट मंगलबार बेलुका भागेका कैदीबन्दीलाई प्रशासनले २४ घण्टाभित्र फर्किन अल्टिमेटम दिएको छ। कारागारका अनुसार करिब ७ बजे बेलुका अप्रत्यासित रूपमा भागमभाग भएको थियो। ५७७ जना कैदीमध्ये ५६७ जना कारागारबाट फरार भएका थिए। एक जना मात्र जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहे। कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गर्दै भनेको छ कि यदि […]
जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते

जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते काठमाडौँ – देशभर भइरहेको जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। साथै, एक हजारभन्दा बढी नागरिक घाइते भएका छन् र विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए अनुसार, देशभरिका २९ वटा अस्पतालमा अहिलेसम्म ३० […]
नेपालमा छिट्टै स्थिरता आउने विश्वास चीनको

काठमाडौँ । चीनले नेपालमा चाँडै शान्ति र सुव्यवस्था कायम हुनेमा सकारात्मक धारणा व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लीन चियानले नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक र मित्रवत रहेको स्मरण गराउँदै, नेपालको आन्तरिक विषयलाई नेपाली समाजका विभिन्न पक्षहरूले आफ्नै तरिकाले समाधान गर्नेमा विश्वास व्यक्त गरे । उनका अनुसार, नेपालले स्थिरता र […]
बालेन शाहले सुशीला कार्कीको नेतृत्वलाई समर्थन

काठमाडौँ । नयाँ सरकार नेतृत्वबारे भइरहेको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख नामका रूपमा अगाडि आएको छ । कार्कीको नेतृत्व प्रस्तावलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेको जनाइएको छ । जेनजी अभियानमा संलग्न युवाहरूले दिनभर भर्चुअल बैठक गरेर सम्भावित उम्मेदवारको नाम तय गरेका थिए । सो बैठकमा कार्कीलाई सबैभन्दा बढी समर्थन प्राप्त भएको […]
हर्क साम्पाङ : “युवाले अघि सारे प्रधानमन्त्री बन्न तयार छु”

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई नयाँ पुस्ताले नेतृत्व दिन चाहने हो भने प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताएका छन्। बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले “युवाले भरोसा गरे प्रधानमन्त्री बन्न तयार छु” भन्ने धारणा सार्वजनिक गरेका हुन्। हालै केही जेनजी युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिन प्रस्ताव गरेपछि हर्क साम्पाङ […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की : “जेनजी पुस्ताले अघि सारेको नेतृत्व स्वीकार्छु”

काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई नयाँ पुस्ताले (जेनजी) अघि सारेकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन्। भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले आन्दोलनपछिको अवस्थालाई व्यवस्थापन गर्न र चुनावसम्मको संक्रमणकालीन सरकार सञ्चालन गर्न आफू इच्छुक रहेको जनाइन्। कार्कीका अनुसार, “जेनजी पुस्ताले मेरो नाम प्रस्ताव गरेका छन्, त्यो मेरोप्रति भएको विश्वासको प्रमाण हो। म छोटो अवधिका लागि […]
“इलाममा जेन जिलाको प्रदर्शन: नगरपालिका कार्यालयमा युवा उठ्दा आवाज”

इलाम । आज इलाम नगरपालिका कार्यालयमा जेन जि युवा प्रदर्शनकारीहरूले आन्दोलन गरेका छन्। उनीहरूले सरकारका हालका नीतिहरूको विरोध गर्दै आफ्नो मागहरू स्पष्ट रूपमा राखेका थिए। प्रदर्शनका क्रममा कार्यालय परिसरमा विभिन्न नाराहरू लेखिएको र प्रदर्शनकारीहरूको उपस्थितिले वातावरण तातो भएको थियो। सुरक्षा निकायहरूले अवस्था नियन्त्रणमा राख्न प्रयास गरिरहेका छन् र अहिलेसम्म ठूलो हिंसा वा क्षति भएको जानकारी […]
काठमाडौंमा ‘जेनजी’ प्रदर्शनमा झडप, दर्जनौंको मृत्यु र सयभन्दा बढी घाइते

काठमाडौंमा आज भएको ‘जेनजी’ प्रदर्शनका क्रममा हिंसात्मक झडपका कारण कम्तिमा १४ प्रदर्शनकारीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। ट्रमा सेन्टरमा उपचारका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, ट्रमा सेन्टरले हाल २५ घाइतेको उपचार भइरहेको र पाँचजनाको अवस्था गम्भीर रहेको जनाएको छ। सिभिल अस्पतालका अनुसार, उपचाररत घाइतेमध्ये तीन जनाको […]
२७–२८ वर्षको पुस्ता सडकमा : यो आन्दोलन कुनै पार्टीको होइन, सिंगो देशको हो

काठमाडौ । आज राजधानीका सडकमा देखिएको जनसागरले एउटा स्पष्ट सन्देश दिएको छ — यो आन्दोलन कुनै पार्टी वा संगठनको सीमित अभियान होइन। तस्बिरमै देखिन्छ, युवाहरूको भिडले प्रहरीको कडाइ तोड्दै आफ्नो आवाज बुलन्द गरिरहेका छन्। विशेषगरी २७–२८ वर्ष उमेर हजारौंका सङ्ख्यामा युवाहरू अगाडि देखिएका छन्, जसले परिवर्तनको जिम्मेवारी लिनुपर्ने पुस्ता आफैं हो भन्ने प्रमाणित गरेका छन्। […]
