बालेन शाहले सुशीला कार्कीको नेतृत्वलाई समर्थन

काठमाडौँ । नयाँ सरकार नेतृत्वबारे भइरहेको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख नामका रूपमा अगाडि आएको छ । कार्कीको नेतृत्व प्रस्तावलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेको जनाइएको छ । जेनजी अभियानमा संलग्न युवाहरूले दिनभर भर्चुअल बैठक गरेर सम्भावित उम्मेदवारको नाम तय गरेका थिए । सो बैठकमा कार्कीलाई सबैभन्दा बढी समर्थन प्राप्त भएको […]
हर्क साम्पाङ : “युवाले अघि सारे प्रधानमन्त्री बन्न तयार छु”

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई नयाँ पुस्ताले नेतृत्व दिन चाहने हो भने प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताएका छन्। बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले “युवाले भरोसा गरे प्रधानमन्त्री बन्न तयार छु” भन्ने धारणा सार्वजनिक गरेका हुन्। हालै केही जेनजी युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिन प्रस्ताव गरेपछि हर्क साम्पाङ […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की : “जेनजी पुस्ताले अघि सारेको नेतृत्व स्वीकार्छु”

काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई नयाँ पुस्ताले (जेनजी) अघि सारेकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन्। भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले आन्दोलनपछिको अवस्थालाई व्यवस्थापन गर्न र चुनावसम्मको संक्रमणकालीन सरकार सञ्चालन गर्न आफू इच्छुक रहेको जनाइन्। कार्कीका अनुसार, “जेनजी पुस्ताले मेरो नाम प्रस्ताव गरेका छन्, त्यो मेरोप्रति भएको विश्वासको प्रमाण हो। म छोटो अवधिका लागि […]
“इलाममा जेन जिलाको प्रदर्शन: नगरपालिका कार्यालयमा युवा उठ्दा आवाज”

इलाम । आज इलाम नगरपालिका कार्यालयमा जेन जि युवा प्रदर्शनकारीहरूले आन्दोलन गरेका छन्। उनीहरूले सरकारका हालका नीतिहरूको विरोध गर्दै आफ्नो मागहरू स्पष्ट रूपमा राखेका थिए। प्रदर्शनका क्रममा कार्यालय परिसरमा विभिन्न नाराहरू लेखिएको र प्रदर्शनकारीहरूको उपस्थितिले वातावरण तातो भएको थियो। सुरक्षा निकायहरूले अवस्था नियन्त्रणमा राख्न प्रयास गरिरहेका छन् र अहिलेसम्म ठूलो हिंसा वा क्षति भएको जानकारी […]
काठमाडौंमा ‘जेनजी’ प्रदर्शनमा झडप, दर्जनौंको मृत्यु र सयभन्दा बढी घाइते

काठमाडौंमा आज भएको ‘जेनजी’ प्रदर्शनका क्रममा हिंसात्मक झडपका कारण कम्तिमा १४ प्रदर्शनकारीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। ट्रमा सेन्टरमा उपचारका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, ट्रमा सेन्टरले हाल २५ घाइतेको उपचार भइरहेको र पाँचजनाको अवस्था गम्भीर रहेको जनाएको छ। सिभिल अस्पतालका अनुसार, उपचाररत घाइतेमध्ये तीन जनाको […]
२७–२८ वर्षको पुस्ता सडकमा : यो आन्दोलन कुनै पार्टीको होइन, सिंगो देशको हो

काठमाडौ । आज राजधानीका सडकमा देखिएको जनसागरले एउटा स्पष्ट सन्देश दिएको छ — यो आन्दोलन कुनै पार्टी वा संगठनको सीमित अभियान होइन। तस्बिरमै देखिन्छ, युवाहरूको भिडले प्रहरीको कडाइ तोड्दै आफ्नो आवाज बुलन्द गरिरहेका छन्। विशेषगरी २७–२८ वर्ष उमेर हजारौंका सङ्ख्यामा युवाहरू अगाडि देखिएका छन्, जसले परिवर्तनको जिम्मेवारी लिनुपर्ने पुस्ता आफैं हो भन्ने प्रमाणित गरेका छन्। […]
स्रष्टा छवि वैरागी घिमिरेको ‘विविशारा’ उपन्यासको लोकार्पण

सुन्दरहरैंचा (मोरङ) : मोरङका स्रष्टा डा. छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ (उपन्यास) को लोकार्पण भएको छ । अनामनगरस्थित युनियन हाउसको सभा हलमा एक भव्य समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो । प्रकाशक संस्था फिनिक्स बुक्सद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रममा आख्यानकार अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक र उनकी धर्मपत्नी तारा ढकाल […]
प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, नेपाल, जनपत्रकार संगठन, नेपाल, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपालबाट जारी संयुक्त वक्तव्य।

संयुक्त प्रेस वक्तव्य प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मिडिया काउन्सिल विधेयक, छापाखाना तथा प्रकाशन ऐन संशोधन र अन्य सञ्चार कानुनका बारेमा साझा धारणा सार्वजनिक गर्न संयुक्त वक्तव्य जारी गरेका छौँ । १. प्रतिनिधिसभाको विषयगत […]
तीव्र गतिको विकासका लागि देशभक्ति आवश्यक: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणले नेपालमा लगानी र सहकार्यका सम्भावनाका ढोका खोलेको बताएका छन्। शनिबार गोकर्णमा आयोजित ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’मा सम्बोधन गर्दै उनले थाइल्याण्ड भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनबाट फर्किएलगत्तै नेपाली र थाइ व्यवसायीबीच भएका अनुभव आदानप्रदान र सम्झौताहरू फलदायी भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले देशको ४० […]
प्रधानमन्त्री ओलीले ट्रम्पलाई बधाई दिँदै

काठमाडौं / संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने प्रधानमन्त्री ओलीले आशा गरेको छ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा हिजो बुधबार सामाजिक सञ्जाल एक्समार्फत निर्वाचित राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री ओलीले […]

