अभ्यासका लागि नेपाली सेना, चीन प्रस्थान

काठमाडौँ/ नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिपु अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न […]
आज न्यूयोर्क प्रस्थान गर्दै,,प्रधानमन्त्री ओली

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि […]
मन्त्री यादवको आग्रह,,पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न

काठमाडौँ/ खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका(१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उहाँले उक्त आग्रह गर्नुभएको हो । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो । निरीक्षणपछि मन्त्री यादवले भन्नुभयो, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला […]
संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

काठमाडौँ/ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो । कन्सर्टका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा […]
प्रधानमन्त्रीको भनाइ,, नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताउनुभएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरू प्रवेश हुँदा समस्या सिर्जना भएको बताउनुभयो । […]
सरकारले धरहरालाई असोज ३ गतेबाट खुलाउने भए….

काठमाडौँ/ सुन्धाराको धरहरालाई सरकारले: असोज ३ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । हिजो,बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले अब असोज ३ गतेबाट अस्थायी रूपमा सुन्धाराको धरहरालाई सञ्चालनमा ल्याउने निर्णय गरेका एक मन्त्रीले जानकार दिएका हुन । उक्त २०७२ सालको भूकम्पले धरहरालाई भत्किएपछि सोहि ठाउँमा नयाँ धरहरा निर्माण गरिएको छ। सो पुरानो धरहराका भग्नावशेष संरक्षण गरेर राखिएका […]
नयाँ नागरिकता भन्दा राहदानी बनाउने बढी छन् नवलपरासीमा

मध्यविन्दु (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जान अनुमतिपत्र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राही बढी छन् । गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेभन्दा राहदानी लिने करिब आठ हजारले बढी रहेका छन् । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गत आवमा १६ हजार नौ सय सात वटा राहदानी वितरण गरिएको जानकारी दिनुभयो । उहाँका […]
सञ्चारमन्त्री गुरुङ, यो वर्ष कानुन तथा नीति निर्माण वर्ष हुनेछः

काठमाडौँ / जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा ९एमाले० र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व […]
जनताको पैसामा जनप्रतिनिधि र कर्मचारीको रजाईं : जम्बो टोली लिएर नगर प्रमुख गुरागाई पुगे रारा ताल

बिराटनगर : बिहिबार करिव १ बजे तीर मोरङको सुन्दरहरैचा नगरपालिकाको कार्यालय विराटचोकको गेटमा केहि मानिसहरु बसिरहेका थिए । गेटको बाहिर पट्टी केहि मानिसहरु गफ गर्दै भन्दै थिए नगर प्रमुख केदार प्रसाद गुरागाई,उप प्रमुख अंकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहित वडा अध्यक्षहरु श्रीमान श्रीमती लिएर अवलोकन भ्रमणको नाममा राज्यको ढुकुटीको दुरुपयोग गरेर मुगुको […]
कोशी प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

योगेन्द्र योगी बिराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ बीच आर्थिक बर्ष २०८१/०८२ को लागि कार्य सम्पादन सम्झौता […]
