आइसोलेसनबाट लागुऔषध मुद्दाका थुनुवा फरार लागुऔषध मुद्दाका थुनुवा कीर्तिपुरको आइसोलेसनबाट फरार काठमाडौ । कीर्तिपुरस्थित कोभिड आइसोलेशन सेन्टरबाट लागुऔषध मुद्दाका थुनुवा भागेका छन् । सिन्धुली घर भएका राहुल तामाङ आइसोलेशनको शौचालयबाट भागेको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले बताए । महानगरीय प्रहरी वृत थानकोटले उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको थियो । कोभिड पोजेटिभ रिपोर्ट […]

गोलीसहित धनुषामा एक युबक पक्राउ

धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकाबाट एक जना गोली सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ का सरोज कुमार मरिक गोलीसहित पक्राउ परेको हो । उनलाई धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ […]

दोलखा बिगु गाउँपालिका ७ कांग्रेस र एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रबेश

दोलखा । नेकपा माओवादी केन्द्र दोलखा बिगु गाउँपालिकाको वडा नं ७ बिगुमा वडास्तरीय भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानियको बृहत उपस्थिति रहेको थियो ।भने, प्रमुख अतिथि पुर्व राज्यमन्त्री, विशिष्ट अतिथी जिल्ला इन्चार्ज देबि खड्का बाग्मती प्रदेश कमिटी सदस्य कुल बहादुर बुढाथोकी, पार्टी गाउँपालिका इन्चार्ज सन्जिब ओलि, पार्टी अध्यक्ष रमेश ठकुरी र छिमेकी वडाका […]

नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमितिले मुख्यमन्त्रीसमक्ष बुझायो ७ बुदे मागपत्र

बुटवल । बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित नेपाली कांग्रेसको कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बुटवलका समस्या समाधान गर्न मागपत्र बुझाएको छ । मंगलबार नेपाली काँग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले बुटवलमा रहेको समस्या समाधान गर्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाएको हो ।काँग्रेसले गत भदौ १३ गतेको पहिरोले बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित […]

बुटवलको मेयरमाथी मुक्का प्रहार गर्ने पंगेनी पाँच हजार धरौटीमा रिहा

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिएका छन् । पंगेनीले भदौ ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो निरीक्षण गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले […]

सिरहा : कर्मचारीहरुको आन्दोलनप्रति गाउँपालिका सकारात्मक, बार्तामा बस्न अनुरोध

महेश सिंह सिरहा लहान १२ असोज । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै असोज – ४ गते देखि निरन्तर आन्दोलन गरिरहेका छन् । गाउँपालिकाको सामुदायिक स्कुलमा कार्यरत कार्यालय सहयोगी, लेखाका कर्मचारी, र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरु पालिकाको कार्यलयको मुख्य गेटमा शान्तिपुर्ण धर्नामा बसेर आन्दोलन गरिरहेको छ । सरकारले यस आर्थिक बर्ष […]

पर्साका कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

बीरगन्ज १२ असोज । पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौंडाको टोलीले छापा मारेको छ । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु चरम भ्रष्टाचारमा लिप्त रहेको समाचारहरु पत्रपत्रिकामा प्रकाशित भएपछि तथा गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमै पुगेको हो । गाउँपालिकाको कार्यालयमा ९ गते पुगेको अख्तियारको टोली ११ गते फर्किएको […]

रुपन्देहीमा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मङ्गलबार बिहान ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा दुइजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना […]

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा पक्राउ परेका व्यक्ति निर्दोष भएपछि, छानबिन समिती गठन

काठमाडौ । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक व्यक्तिलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो । महानगरीय प्रहरी […]

नयाँ बानेश्वरमा आज ओलीको सम्पादकहरुसँग छलफल कार्यक्रम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको छ । सरकारबाट बाहिरिएपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गर्दै आइरहेका थिए । नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म […]