युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्। भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए । प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपाईँहरूसँग भेटेर कुराकानी […]
प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो । माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् । उनीहरूलाई हटाउनुको कारण सचिवालयले स्पष्ट पारेको छैन । तर आफ्नो कार्यकाल एक वर्ष पुगेको […]
आज २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो […]
आज ३०२ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदै

काडमाडौं, पुस २७ । आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका अभियन्ता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ […]
युगान्डा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्। युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन्। प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ। यस्तै, असंलग्न आन्दोलनका सदस्य […]
प्रम कार्यालयको ओएनएम स्वीकृत

काठमाडौँ पुस १३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनर्संरचनासहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ओएनएम स्वीकृत गर्दै ६८ दरबन्दी घटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री कार्यालयमा २३४ जना कर्मचारी कार्यरत छन् । “प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पुनर्संरचना […]
राष्ट्रपति पौडेल बुधबार भोली बागलुङ आउने

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ आउने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ आउन लागेका हुन् । महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै उनले बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने छन् भने शालिग्राम संग्राहलयको […]
लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैनः राष्ट्रपति पौडैल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्। शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफ्नो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताएका हुन्। म के विश्वास दिलाउन चाहान्छु भने मेरो तागतले भ्याएसम्म […]
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने छ। बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ।
महिला प्रधानमन्त्री भएको हेर्ने चाहना छ : प्रधानमन्त्री दाहाल

काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने चाहना भएको बताएका छन् । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता महत्त्वपूर्ण पदमा नियुक्ति भए पनि प्रधानमन्त्री अझै नभएकाले महिला प्रधानमन्त्री भएको देख्न चाहेको प्रधानमन्त्री दाहालले बताए । नेपालमा पहिलो पटक पाँचखाल नगरपालिका वडा नम्बर ७ मा स्थापना गरिएको ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास […]
