युगान्डा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्। युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन्। प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ। यस्तै, असंलग्न आन्दोलनका सदस्य […]
प्रम कार्यालयको ओएनएम स्वीकृत

काठमाडौँ पुस १३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनर्संरचनासहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ओएनएम स्वीकृत गर्दै ६८ दरबन्दी घटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री कार्यालयमा २३४ जना कर्मचारी कार्यरत छन् । “प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पुनर्संरचना […]
राष्ट्रपति पौडेल बुधबार भोली बागलुङ आउने

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ आउने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ आउन लागेका हुन् । महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै उनले बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने छन् भने शालिग्राम संग्राहलयको […]
लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैनः राष्ट्रपति पौडैल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्। शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफ्नो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताएका हुन्। म के विश्वास दिलाउन चाहान्छु भने मेरो तागतले भ्याएसम्म […]
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने छ। बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ।
महिला प्रधानमन्त्री भएको हेर्ने चाहना छ : प्रधानमन्त्री दाहाल

काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने चाहना भएको बताएका छन् । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता महत्त्वपूर्ण पदमा नियुक्ति भए पनि प्रधानमन्त्री अझै नभएकाले महिला प्रधानमन्त्री भएको देख्न चाहेको प्रधानमन्त्री दाहालले बताए । नेपालमा पहिलो पटक पाँचखाल नगरपालिका वडा नम्बर ७ मा स्थापना गरिएको ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास […]
६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी

काठमाडौ, मङ्सिर २७ । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास […]
आजियाटाविरुद्ध सांसद अमरेश सिंहको रिटको पेसी आज

काठमाडौं । आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ । एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।
सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्तः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मङ्सिर २३ । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्तको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । भ्रष्टाचार लगायत अन्य गैर कानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने […]
काठमाण्डौँ महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

काठमाण्डौँ। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ। बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए। उनका अनुसार अहिले विभिन्न सपिङ मलमा प्लास्टिकका क्रिसमस-ट्री राखेर सजावट गरेको पाइएको छ। पहिले दसैंतिहार लक्षित अनुगमन गर्दा […]

