६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी

काठमाडौ, मङ्सिर २७ । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास […]
आजियाटाविरुद्ध सांसद अमरेश सिंहको रिटको पेसी आज

काठमाडौं । आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ । एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।
सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्तः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मङ्सिर २३ । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्तको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । भ्रष्टाचार लगायत अन्य गैर कानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने […]
काठमाण्डौँ महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

काठमाण्डौँ। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ। बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए। उनका अनुसार अहिले विभिन्न सपिङ मलमा प्लास्टिकका क्रिसमस-ट्री राखेर सजावट गरेको पाइएको छ। पहिले दसैंतिहार लक्षित अनुगमन गर्दा […]
वैशाखमा संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउन योजना बनाएको छ । राज्यका तीनवटै तहमा विभिन्न कारणले रिक्त जनप्रतिनिधिको पूर्ति गराउन आयोगले आगामी वैशाखको दोस्रो सातातिर निर्वाचन गराउने योजना बनाएको हो । आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनुपर्ने छ । आयोगका अनुसार […]
जाजरकोटमा पनि पठाइयो अस्थायी आवासको पहिलो किस्ता

रुकुम पश्चिम । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पनि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु भएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शेरबहादुर शाही, अध्यक्ष, शिवालय […]
घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटाएको हो। पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ। एलपी ग्यासको मूल्य भने यथावत् छ। नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र […]
काठमाडौ महाराजगञ्जमा सोमालियन शरणार्थीहरुको धर्ना

काठमाडौ । सोमालियाबाट विस्थापित भएर नेपाल आएका सोमालियन शरणार्थीहरुले काठमाडौंमा धर्ना दिएका छन् । ९८ दिनदेखि धर्नामा रहेका उनीहरुले आज महाराजगञ्जस्थित राष्ट्रसंघीय उच्चायोगको कार्यालयबाहिर पलेटी कसेका हुन् । सोमालियन नागरिक पाहाद युसुफको नेतृत्वमा भएको धर्नामा पाँच जनाको उपस्थिति छ । गृहयुद्धको कारण मुलुकबाट विस्थापित हुनुपरेको र तत्काल सोमालिया फर्किने स्थिति नरहेको बताउँदै उनीहरुले आफूहरुलाई गाँस,बास […]
वसन्तपुर सबस्टेसन सञ्चालन

काठमाडौँ, मङ्सिर १२ गते । कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट दुई हजार ४५० मि. उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको […]
आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय यस्ता छ्न

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान […]
