वैशाखमा संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी

काठमाडौं  । निर्वाचन आयोगले आगामी वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउन योजना बनाएको छ । राज्यका तीनवटै तहमा विभिन्न कारणले रिक्त जनप्रतिनिधिको पूर्ति गराउन आयोगले आगामी वैशाखको दोस्रो सातातिर निर्वाचन गराउने योजना बनाएको हो । आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनुपर्ने छ । आयोगका अनुसार […]

जाजरकोटमा पनि पठाइयो अस्थायी आवासको पहिलो किस्ता

रुकुम पश्चिम । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पनि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु भएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शेरबहादुर शाही, अध्यक्ष, शिवालय […]

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटाएको हो। पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ। एलपी ग्यासको मूल्य भने यथावत् छ। नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र […]

काठमाडौ महाराजगञ्जमा सोमालियन शरणार्थीहरुको धर्ना

काठमाडौ । सोमालियाबाट विस्थापित भएर नेपाल आएका सोमालियन शरणार्थीहरुले काठमाडौंमा धर्ना दिएका छन् । ९८ दिनदेखि धर्नामा रहेका उनीहरुले आज महाराजगञ्जस्थित राष्ट्रसंघीय उच्चायोगको कार्यालयबाहिर पलेटी कसेका हुन् । सोमालियन नागरिक पाहाद युसुफको नेतृत्वमा भएको धर्नामा पाँच जनाको उपस्थिति छ । गृहयुद्धको कारण मुलुकबाट विस्थापित हुनुपरेको र तत्काल सोमालिया फर्किने स्थिति नरहेको बताउँदै उनीहरुले आफूहरुलाई गाँस,बास […]

वसन्तपुर सबस्टेसन सञ्चालन

काठमाडौँ, मङ्सिर १२ गते  । कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट दुई हजार ४५० मि. उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको […]

आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय यस्ता छ्न

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान […]

प्रधानमन्त्री बनेको ५ महिनापछि पायो प्रचण्ड सरकारले पूर्णता

काठमाडौँ । सरकार गठन भएको ५ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले थमौती दियो । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई […]

युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक छ : उपसभामुख राना

काठमाडौं, जेठ ६ । उपसभामुख इन्दिरा रानाले देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको बताएकी छन् । विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले कार्यशाला गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा अनुभव आदान प्रदान भएको बताइन् । अन्तर्राष्ट्रिय मञ्चमा […]

जनकपुरबाट उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि…

जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ । आज बिहान ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिए । विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान […]

चार सय आरोही सगरमाथा शिखरमा

काठमाडौ । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्। वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए। उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको […]