राष्ट्रपतिले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन्। संसद् भवन (नयाँबानेश्वर) मा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था […]
मदन-आश्रित स्मृति दिवस मनाउँदै एमाले, ३० वर्ष पुग्दापनि घटना अझै रहस्यमय!

काठमाडौँ । आज जेठ ३ गते अर्थात् ‘मदन-आश्रित स्मृति दिवस’। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन। आजभन्दा तीन दशक पहिले अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा यी दुवै जननेताको रहस्यमय रूपमा निधन भएको थियो। सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना […]
दैलेखमा एउटै लालीगुराँस बोटमा चारथरी फुल

दैलेख । समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै, अझ यहाँ एउटै रूखमा फुल्ने चारथरीका लालीगुँरास त अझ पर्यटकको केन्द्रबिन्दु बन्न पुगेको छ। महावु गाविसको यस वनमा गुराँस, साल, सल्लो र काफलसमेत एकै […]
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आज भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको […]
नवप्रवर्तनलाई प्राथमिकता दिन्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुबाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएरमात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए। भेटमा अध्यक्ष डा. पुनले […]
स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई नर्मल वार्डमा सारियो

काठमाडौ । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधारसँगै नर्मल वार्डमा सारिएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको हो । ६ वैशाखमा भर्नासँगै आइसियूमा राखेर उपचार थालिएको थियो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ‘चिकित्सकको जानकारीअनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको […]
आज १७ औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, वैशाख ११ । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ […]
लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ

बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ। विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन्। शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो। ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका […]
मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन्। सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउँदै उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको स्पष्ट पारे। […]
राष्ट्रपति पौडेल अस्वस्थ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिन अस्पताल बसेर एक साताअघि निवास फर्केका राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको छ। शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य अवस्था पनि असहज बनेपछि मंगलबार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो […]

