प्रधानमन्त्री बनेको ५ महिनापछि पायो प्रचण्ड सरकारले पूर्णता

काठमाडौँ । सरकार गठन भएको ५ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले थमौती दियो । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई […]

युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक छ : उपसभामुख राना

काठमाडौं, जेठ ६ । उपसभामुख इन्दिरा रानाले देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको बताएकी छन् । विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले कार्यशाला गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा अनुभव आदान प्रदान भएको बताइन् । अन्तर्राष्ट्रिय मञ्चमा […]

जनकपुरबाट उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि…

जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ । आज बिहान ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिए । विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान […]

चार सय आरोही सगरमाथा शिखरमा

काठमाडौ । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्। वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए। उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको […]

राष्ट्रपतिले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन्। संसद् भवन (नयाँबानेश्वर) मा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था […]

मदन-आश्रित स्मृति दिवस मनाउँदै एमाले, ३० वर्ष पुग्दापनि घटना अझै रहस्यमय!

काठमाडौँ । आज जेठ ३ गते अर्थात् ‘मदन-आश्रित स्मृति दिवस’। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन। आजभन्दा तीन दशक पहिले अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा यी दुवै जननेताको रहस्यमय रूपमा निधन भएको थियो। सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना […]

दैलेखमा एउटै लालीगुराँस बोटमा चारथरी फुल

दैलेख । समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै, अझ यहाँ एउटै रूखमा फुल्ने चारथरीका लालीगुँरास त अझ पर्यटकको  केन्द्रबिन्दु बन्न पुगेको छ। महावु गाविसको यस वनमा गुराँस, साल, सल्लो र काफलसमेत एकै […]

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आज भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको […]

नवप्रवर्तनलाई प्राथमिकता दिन्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुबाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएरमात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए। भेटमा अध्यक्ष डा. पुनले […]

स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई नर्मल वार्डमा सारियो

काठमाडौ । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधारसँगै नर्मल वार्डमा सारिएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको हो । ६ वैशाखमा भर्नासँगै आइसियूमा राखेर उपचार थालिएको थियो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ‘चिकित्सकको जानकारीअनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको […]