आज १७ औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, वैशाख ११ । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ […]

लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ

बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ। विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन्। शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो। ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका […]

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन्। सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउँदै उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको स्पष्ट पारे। […]

राष्ट्रपति पौडेल अस्वस्थ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिन अस्पताल बसेर एक साताअघि निवास फर्केका राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको छ। शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य अवस्था पनि असहज बनेपछि मंगलबार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो […]

जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ लाई संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ, वैशाख ५ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले गरे काठमाडौं–तराई–मधेस द्रुतमार्गको अवलोकन

काठमाडौं, वैशाख ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई–मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्रीले द्रुतमार्गका विभिन्न खण्डमा पुगेर अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनीसँगै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागीसहित सचिवहरू र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा समेत सहभागी […]

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको कामलाई अघि बढाइहाल्छु : परराष्ट्रमन्त्री साउद

काठमाण्डौ, वैशाख ३ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन् । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै साउदले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर […]

प्रतिनिधिसभाबाट पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, वैशाख ३ । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ […]