जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ लाई संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ, वैशाख ५ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले गरे काठमाडौं–तराई–मधेस द्रुतमार्गको अवलोकन

काठमाडौं, वैशाख ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई–मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्रीले द्रुतमार्गका विभिन्न खण्डमा पुगेर अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनीसँगै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागीसहित सचिवहरू र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा समेत सहभागी […]

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको कामलाई अघि बढाइहाल्छु : परराष्ट्रमन्त्री साउद

काठमाण्डौ, वैशाख ३ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन् । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै साउदले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर […]

प्रतिनिधिसभाबाट पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, वैशाख ३ । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ […]

३ लाख टन गहुँ आयातको अनुमतिका लागि भारतलाई नेपालको पत्राचार

काठमाडौँ, वैशाख २ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ लाख टन गहुँ आयातको अनुमति दिन भारतीय पक्षलाई पत्र लेखेको छ । उद्योग मन्त्रालयले लेखेको पत्र परराष्ट्र मन्त्रालयमार्फत लैनचोरस्थित भारतीय दूतावास हुँदै भारत पुगेको हो । नेपाल फ्लोर मिल एसोसिएशनका उपाध्यक्ष दिनेशकुमार अग्रवालले ३ लाख टन गहुँ आयातको अनुमति माग्दै भारतीय पक्षलाई पत्राचार गरेको जानकारी […]

वर्ष समीक्षा २०७९ः निर्वाचनले आशा अस्थिर सरकारबाट निराशा

काठमाडौ । संवैधानिक व्यवस्था र सीमाभित्र २०७९ सालमा तीनै तहको निर्वाचन सम्पन्न भयो। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा अर्को एउटा इँटा थप्दै लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने काम गर्यो। तर निर्वाचनपछि गठन भएका सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा निर्वाचनले जनतामा ल्याएको उत्साह वर्षको अन्तिमसम्म आइपुग्दा निराशामा परिणत हुन थालेका छन्। […]

आजदेखि २०८० साल सुरु, देशैभर मनाईदै

काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले […]

राष्ट्रपतिद्वारा सरकार गठनको आह्वन

काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भन्दै आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर पुस १० गतेभित्र दावी पेश गर्न आह्वान गरेकी हुन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा […]