कालीगण्डकी पुलको कामले ६ वर्षपछि लियो गति

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो’, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ’, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले […]

चोलेन्द्रविरुद्धको महाभियोग आगामी संसदमा छलफल हुन्छः सञ्चारमन्त्री

काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग जीवितै रहेको दाबी गरेका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले आगामी प्रतिनिधिसभामा महाभियोगमाथि छलफल हुने दाबी गरे । ‘अघिल्लो प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराको विरुद्ध महाअभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ । यो […]

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी बरुवालको मृत्यु

म्यादी । म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न बुधबार बिहान भवन निर्माणपरिसर पुगेका करिब ४५ वर्षीय बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्नपूर्ण गाउँपालिका– ६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन […]

शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

कञ्चनपुर, कात्तिक २८ । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुगेका छन् । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गरेका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुगेका हुन् । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताए । “धार्मिक क्षेत्रको जानकारी सङ्कलन गर्दै […]

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा आज (मंगलबार) भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी पुगेर गरिन् छठी माताको दर्शन

काठमाडौं, कात्तिक १३ । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरेकी छन्। आइतबार अपराह्न गुह्येश्वरी पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गरेकी हुन्। त्यसलगतै उनी कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गरेकी छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथालीस्थीत बागमती किनारमा तयार पारिएको छठी माताको […]

भंगाहा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । बिहीबार कलश यात्राको क्रममा भएको घटनाका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा गठन भएको समितिले घटना र त्यसबाट भएको क्षतिको सम्बन्धमा सरोकारवालासँग बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय […]

आजदेखि कार्तिक १३ गतेसम्म सार्वजनिक बिदा

काठमाडौ । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।  १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस […]

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन शोक बिदा दिने

काठमाडौं, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् । कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने उनले […]

दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने […]