शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

काठमाडौँ, ०७ माघ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शुक्रबार राति १२ बजेदेखि राजधानीका सबै सङग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । शुक्रबारसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी […]
दोलखा जिल्लामा १४ वटा सिँचाइ आयोजना निर्माण हुँदै

दोलखा, ०७ माघ । दोलखाको पहाडी जिल्लामा खेतीयोग्य जमिन सिञ्चित गर्न चालू आर्थिक वर्षभित्रै १४ वटा सिँचाइ आयोजना निर्माण सुरु हुने भएका छन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लाभर साना तथा मझौला गरी १४ वटा सिँचाइ आयोजना निर्माण सुरु गर्न लागेको हो । कार्यालयका प्रमुख डिभिजन इन्जिनियर […]
आज प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं, माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट देउवाले देशवासीका नाममा सम्बोधन गर्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। उनका प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। पछिल्लो समय तीव्र गतिमा फैलिएको कोरोनाभाइरसको संक्रमण, त्यसका प्रभाव, रोकथाम […]
भारतले दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्ने भन्दै, प्रधानमन्त्रीको ध्यानाकर्षण

सुकदेव गुप्ता नवलपरासी ०६ माघ । भारत सरकारले अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमा क्षेत्रमा बाँध जस्तै सडक निर्माण गर्दा हजारौँ नेपाली भुभाग डुबानमा पर्ने भन्दै नेकपा एमाले पश्चिम नवलपरासीले त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेको छ । एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा जिल्लाका पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत […]
प्रहरी निरीक्षक लिम्बु र जवान कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित

मोरङ, ६ माघ । इलाम र उदयपुरमा कार्यरत दुईजना प्रहरी प्रदेश १ मा पुस महिनाको उत्कृष्ट बनेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उपरीक्षक नविनराज राईले जानकारी दिए […]
शीतलहरले कलैयाको जनजीवन प्रभावित

कलैया, ०६ माघ (रासस) । केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि कलैयाका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ । ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक […]
प्रहरीको तल्लो दर्जाका २० हजार सुरक्षाकर्मीको बढुवा प्रक्रिया सुरु

काठमाडौ, ०६ माघ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए । ‘प्रहरी नियमावलीको नवौं संसोधन सँगै […]
प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं, माघ ६ गते । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकाशमा विहानैदेखि मौसमका कारण विमानस्थलामा आन्तरिक उडान सामान्य प्राभावित भएको विमानस्थलका नागरिक उड्डयन कार्यालयले जनाएकाे छ । काठमाडौंबाट उडान हुने जिल्लाहरुमा बिहानैदेखि मौसम प्रतिकूल भएका आन्तरिक उडान हुन हुन नसकेको बताइएकाे छ । तर नेपालगञ्ज […]
मधेस सरकारले दियो ५९ सहिद परिवारलाई तीन–तीन लाख

बिनोद मण्डल राजबिराज, ०६ माघ ।मधेस प्रदेशले मधेस आन्दोलनका ५९ सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । चौथो बलिदानी दिवसका अवसरमा सप्तरीको राजविराजमा बुधबार आयोजित कार्यक्रममा मधेस सरकारले सहिदका परिवारलाई आर्थिक सहायता प्रदान गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक सहायतासहित ५९ सहिद परिवारलाई सम्मान गरे । सोही क्रममा उनले आन्दोलनका क्रममा […]
हिमानी शाहबाट हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन

काठमाडाैं । पूर्व युवराज्ञी हिमानी शाहद्वारा स्थापित हिमानी ट्रष्टले २०७८ माघ ६ गतेबाट विधिवत रुपमा अमेरिकामा पनि आफ्नो गतिविधि शुरु गरेको खबर छ । पूर्व युवराज्ञी हिमानी शाह स्वयं उपस्थित भएर भर्जिनियामा माघ ६ गते हिमानी ट्रष्ट अमेरिकाको उद्घाटन गरिएकाे छ । हिमानी ट्रष्टले सन् २०१० देखि निरन्तर रूपमा नेपालमा शिक्षा र स्वास्थ्यको पहुँच, गरीवी […]
