सरकारका मन्त्रीहरू पनि कोरोनाको जोखिममा

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् । हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस संक्रमण […]
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल तीन वर्ष कार्यकाल पूरा भई बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि दर्खास्त आह्वान गरेको छ । कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी गत २२ पुसमा […]
कोभिडको जोखिमबाट बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गरौँ : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी संघको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तरक्रियामा उनले देशमा फेरि कोरोना संक्रमणको जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका हुन् । हामीले १८ वर्षमुनिका […]
जनताको विश्वासलाई धोका दिन्नँ : सभामुख अग्नि सापकोटा

सिन्धुपाल्चोक, पुस २५ । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भने। सभामुख सापकोटाले भने, ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका […]
आयोजले गर्यो निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी गर्ने तयारी

काठमाडौ । निर्वाचनसम्बन्धी ऐन र दर्जनौँ आचारसंहिता, निर्देशिका तथा कार्यविधि मर्ज गरेर एकीकृत कानुन जारी गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । हाल निर्वाचनसम्बन्धी ऐनको संख्या मात्र दशवटा छ । यसबाहेक आठ नियमावली, ६ आचारसंहिता, ३२ निर्देशिका, चार कार्यविधि र पाँचवटा नीति क्रियाशील छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी हाल रहेका कानुनलाई […]
कालीगण्डकी करिडोर : मुस्ताङमा कालोपत्रे

मुस्ताङ, पुस २५ गते । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सडकको मुस्ताङखण्डमा अपेक्षाअनुसार काम भए पनि म्याग्दीखण्डमा भने सुस्त छ । निर्माण कम्पनीको ढिलासुस्ती र भौगोलिक कठिनाइका कारण म्याग्दीखण्डको निर्माणले […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सुचारु हुन्छ : पर्यटनमन्त्री प्रेम आले

भैरहवा । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । होटल व्यवसायी महासंघ,नेपालको ९औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । मन्त्री आलेले विमानस्थल दुई महिनाभित्र सञ्चालनमा ल्याइने योजना रहेको जानकारी समेत दिए ।विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को तयारी […]
त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री प्रेम आलेकाे निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन् । उनले […]
एसएसपी पूजा सिंह डीआईजीमा बढुवा

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंह प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएकी छिन् । बढुवा समितिको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले एसएसपी सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत सिंह यसअघि संघीय इकाई गण्डकी प्रदेशको प्रमुख थिइन् ।
जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन्। उनले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याए। अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै […]
